कालीगण्डकीमा डेरी प्रर्वद्धन कार्यक्रमले कृषकहरु उत्साही

Facebook
X
WhatsApp
LinkedIn

विष्णुप्रसाद घिमिरे \

कालीगण्डकी गाउँपालिकाका स्थानीयपशुपति पाण्डेयले भैसी पालन गरेपनिदुधविक्रीगर्न पाउनुभएको थिएन् । ‘पंचायतकालमाखुलेको डेरी उतीवेलै बन्दभयो, त्यहायताडेरी नै थिएन् ।’पशुपति भन्नुहुन्छ, ‘हामीले छिमेकमामात्रै दुध वेच्नवाध्यथियौं । अब डेरी खुल्नथालेपछीमलाई मात्रै होईन यहाँका सबै भैसी पाल्नेहरु खुसीभएका छन् ।’
कालीगण्डकीमा गाउँपालिकाको मिर्मी, स्याङ्गजामा डेरी प्रर्वद्धन कार्यक्रम सुरु भएको छ । दुधमाविविधिकरण गर्दै दुधउत्पादन र विक्रीबाट कृषकहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउनडेरी प्रर्वद्धन कार्यक्रम सुरु गरिएको हो ।

पहिलो चरणमा कालीगण्डकी दुग्धउत्पादक कृषक समूह, परिश्रमी स्वावलम्बीमहिला समूह र मिर्मी स्वावलम्बीमहिला समूहका७४ जना कृषकहरु डेरी प्रर्वद्धन कार्यक्रममाआवद्धभएका छन् । कालीगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारीमा संचालित कालीगण्डकी कृषितथापशु उद्यमशिलताविकास परियोजनाको सहयोगमा डेरी प्रर्वद्धन कार्यक्रम सुरु भएको हो । कृषितथापशुपालनका क्षेत्रमाआधुनिकप्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धी गर्दै कृषकहरुलाई आत्मनिर्भर बनाउनकार्यक्रम संचालनगरिएको गाउँपालिकाकाअध्यक्षखिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाअध्यक्षथापाकाअनुसार गाउँपालिकाले उत्पादितदुधलाई वजारिकरणको लागि डेरी प्रर्वद्धन सुरु गरेको हो । परियोजनाबाट ७लाखको सहयोगमा डेरी प्रर्वद्धनका लागिचिलिङ्ग भ्याट, मिल्कक्यान, मिल्कएनालाईजर, यूपिएस लगायतकाउपकरणहरु वितरण गरिएको छ । गाउँपालिकाकाउपाध्यक्ष सावित्राकोईरालाले बन्दभएको डेरी पुन संचालनले यो क्षेत्रमाउत्साहथपेको वताउनुभयो । लामो समयपछी यो क्षेत्रमाडेरी संचालनहुनलागेपछीयहाँका कृषकहरुउत्साहीभएका छन् । उनीहरु दुधउत्पादन गरेपनि छिमेकमै विक्रीगर्न बाध्यथिए । कालीगण्डकी गाउँपालिकाको वडा नं। ३, ४ र ७लाई लक्षित गरी दुग्धव्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालनगरिएको छ ।

परियोजनाले पहिलो चरणमा यहाँकापरम्परागत रुपमागाई भैंसी पालनगर्दै आएका कृषकहरुलाई यस वर्ष उन्नतजातकादुधालु २५ भैंसी र ५ गाई सहयोग गरिने कार्यक्रम रहेको छ । उनीहरुलाई भैसी खरिदमा ४० हजार सहयोग गरिने भएको हो । साथै उनीहरुलाई घाँस काट्ने चापकटर मेसिनमा ५० प्रतिशतअनुदानमावितरण गरिएको छ । प्रमुखप्रशाशकियअधिकृत पर्शुरामउपाध्यायले गाउँपालिकाले कृषिमाआत्मनिर्भर बन्दै स्वरोजगार बृद्धीको नीतिअनुसारकाकार्यक्रमल्याइएको उल्लेख गर्नुभयो । परम्परागत विधिबाट कृषिकर्म गरेर निर्भाहमुखीमात्रै हुने भन्दै प्रमुखप्रशासकीयअधिकृत उपाध्यायले प्रविधिको समुचितप्रयोगले कृषिमाआधुनिकता र व्यवसायिकताथप्ने बताउनुभयो ।
गाउँपालिकाको मिर्मिीमा संचालनहुने डेरीले दुध संकलन र विक्रीगर्नुको साथै दुधलाई विविधिकरण गर्दै वजार व्यवस्थापनगर्नेछ । कालीगण्डकी गाउँपालिकाको नीतिअनुरुपकम्तीमा ३ वटा दुधालु गाई वा भैंसी पाल्ने कृषकहरुलाई समूहमा आवद्ध गरी व्यवसायिकदुग्धउत्पादनतर्फ आर्थिक तथाप्रावविधि सहयोग गरिएको छ, यसले कालीगण्डकी गाउँपालिकालाई दुधमाआत्मनिर्भर बनाउन सहयोग गर्नेसाझेदार संस्था हेफर ईन्टरनेशनल नेपालकाबरिष्ठ कार्यक्रमप्रवन्धक प्रेम साम्ब्युले जानकारी दिनुभयो ।

परियोजना सहजिकरण सस्था सामाजिकश्रोत विकास केन्द्र नेपालकाकार्यकारी निर्देशकचोपलालगिरीकाअनुसार स्थानीयउत्पादनलाई स्थानीयवजारमै खपतगर्नेगरी व्यवस्थापनमिलाइएको बताउनुभयो । कृषकहरुलाई धेरै र गुणस्तरीय दुधउत्पादनमा परियोजनाले सहजिकरण गर्नेछ । गाउँपालिकाकापशुसेवाशाखाप्रमुख राजेश पाण्डेयकाअनुसार यहाँका कृषकहरुलाई घाँसमा समेत आत्मनिर्भर बनाउने योजनापालिकाले ल्याएको छ । उन्नत र पोषिलो घाँस लगाएर दुधको उत्पादन बढाउने लक्ष्य रहेको पाण्डेयले बताउनुभयो । परियोजनाले उन्नतजातको घाँस, प्राविधिकतालिम, २० वटा भकारो सुधार कार्यक्रमसम्पन्न गरेको छ । दुधमाआत्मनिर्भर बनाउने उद्देश्यका साथकार्यक्रम सञ्चालनगरिएको छ । प्रतिदिन ५०० लिटर दुध संकलन र विक्रीगर्ने लक्ष्य रहेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्