रुपन्देही हुँदै पाल्पाको प्रसिद्ध पर्यटकीय क्षेत्र बसन्तपुर जोड्ने केवलकार पर्यटनमा उत्साह

Facebook
X
WhatsApp
LinkedIn

रुपन्देही हुँदै पाल्पाको प्रसिद्ध पर्यटकीय क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केवलकार सञ्चालनमा आएपछि आन्तरिकदेखि भारतिय पर्यटकको घुइचो लागेको छ । तराईको प्रदूषित हावापानीबाट केही क्षण भए पनि पहाडको मनोरम दृश्य र अनुकूल वातावरणमा रमाउने उद्देश्यले पर्यटक पाल्पाको बसन्तपुर पुग्ने गरेका छन । .

लुम्बिनी केवलकारले तराई र पहाडबीचको दूरी घटाउँदै स्थानीय आर्थिक समृद्धि, रोजगार र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको छ । थप पूर्वाधार विस्तार र आधुनिक सेवासुविधाले यस क्षेत्रलाई देशकै आकर्षक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने संकेत देखिन थालेको छ हो । रोडौंको लगानीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ नेपालका वरिष्ठ उद्योगी चन्द्र ढकालको अगुवाइमा रुपन्देहीकै उद्योगी व्यवसायीको समेत लगानीमा ‘आईएमई ग्रुप’ले लुम्बिनी केवलकार सञ्चालनमा ल्याएको थियो । तराई र पहाडलाई जोड्ने गरी साढे दुई वर्षअघि सञ्चालनमा आएको यस केवलकारमार्फत हालसम्म १० लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले यात्रा गरिसकेको प्रालिले जनाएको छ।

केवलकार सेवा विस्तारसँगै पर्यटन प्रवद्र्धनमा थप योगदान र्पुयाउने लक्ष्यका साथ लुम्बिनी केवलकार प्रालिले आगामी दिनमा नयाँ पर्यटकीय पूर्वाधार थप गर्ने तयारी गरेको छ । अहिले नै केवलकार वरपर प्रसिद्ध कामख्या मन्दिर निर्माण भइसकेको छ भने घोडाचडी, स्काइ साइक्लिङ, एडभेन्चर टुरिजम, जिपलाइन र पाँचतारे होटल सहितको क्यासिनो सुविधा सञ्चालनको योजना प्रालिले अघि बढाएको छ।

पर्यटक आगमन बढेसँगै स्थानीय व्यापार, होटल व्यवसाय र यातायात क्षेत्रमा पनि आर्थिक गतिविधि बढेको छ । थप पूर्वाधार विस्तारले केवलकार परिसरलाई बहुआयामिक पर्यटन गन्तव्य बनाउने विश्वास पर्यटक र लगानीकर्ताले गरेका छन ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्