नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ४ गतेदेखि हुने
काठमाडौं \ नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण यही माघ ४, ५ र ६ गते हुने भएको छ । मिडिया स्पेस
काठमाडौं \ नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण यही माघ ४, ५ र ६ गते हुने भएको छ । मिडिया स्पेस
काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G, नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ
पाल्पा,पुष २८। सुनिल कार्की \ पाल्पा जिल्लाको तानसेन–तम्घास सडक खण्डको तानसेन नगरपालिका वडा नं ११ स्थित समाकोट भन्ने ठाउँमा गुडीरहेको फोर्स जिपले ठक्कर दिदा पैदलयात्रीको
सुनिल कार्की । कुनै समय शहर बजारमा मात्र देख्न पाइने कालोपत्रे पिच सडक अहिले संघियता पछि भने गाउँगाउँमा पनि विस्तार हुन थालेका छन । पालिकाले संचालन गरेका ठुला ठुला योजना बाट गाउँ गाउँमा शहर बजारमा पाउने जस्तै सुविधा पाउन थालिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि संचालन गरेको पालिका गौरवका योजनाबाट स्थानिय नागरिकले गाउँघरमै पक्की तथा ग्रावेल सडक पाउँदा खुशी बनेका छन । शहर बजार तथा राजमार्ग क्षेत्रमा मात्र देख्न र प्रयोग गर्न पाइने कालोपत्रे सडक अहिले गाउँगाउँमा समेत विस्तार हुन थालेसँगै स्थानिय नागरिकलाई सुविधा पुग्न थालेको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघियता पछि बनेका स्थानिय सरकारले योजनालाई पालिकाको गौरबको रुपमा कार्यन्वयनमा लागेसँगै गाउँका धुलाम्मे र हिलाम्मे सडकको अहिले रुप र स्वरुप दुबै फेरिन थालेका छन । जसको जोलन्त उदाहरणको रुपमा रहेको छ रैनादेवी छहरा गाउँपालिकाले सुरु गरेको गुल्मी, पाल्पा र रुपन्देही जिल्ला जोड्ने । धजाबान्ने, तानसिङ्गल–सातमुरे सडक रहेको छ । चालु आर्थिक वर्षमा रैनादेवी छहरा गाउँपालिकाले करीव १० करोड रुपैया बजेट लगानी गरि निर्माणको काम सम्पन्न भएपछि स्थानिय खुशी भएका छन । गाउँपालिकाले बहुबर्षिय योजना अन्तरगत चालु आर्थिक बर्ष २०८०\८१ को असार मसान्त सम्म छहरा वडा नं ४ को कार्यालय देखि धजाबान्ने सम्मको १ हजार ५ सय ६० मिटर सडक पिच (कालोपत्रे) गरेको छ । चालु आर्थिक बर्ष २०८०÷८१ को लागि कुल ४ करोड, २ लाख ७८ हजार ६ सय ६० रूपैयाँ र संघीय समपुर बजेटबाट ५० प्रतिशत गाउँपालिकाको बजेटबाट कालोपत्रेको काम भएको हो । पालिकाले अधिकाश वडाहरुलाई समेटेर सिमाना जोडिएका ३ जिल्ला जोड्ने सडक कालेपत्रे योजना लाई प्राथमिकतामा राखेर गत बर्ष देखी कालोपत्रे अभियानको काम शुरु गरेको हो । आगामी बर्षको बजेटमा पनि पालिकाले पुर्वाधार क्षेत्रमा ठुला ठुला योजनालाई प्राथमिकता दिने जनाएको छ ।
पाल्पा-रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजना भएको दुई दिने “रिब्दीकोट- रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव २०८१” सम्पन्न भएको छ । “रिब्दीकोट- रैनादेवी
पाल्पा-स्वास्थ्य लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ वडा तथा क्लब स्तरीय पाचौं रैनादेवी छहरा गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।