दोश्रो सुन्तला महोत्सव २०८१ सम्पन्न

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा-रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजना भएको दुई दिने “रिब्दीकोट- रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव २०८१” सम्पन्न भएको छ ।   “रिब्दीकोट- रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव २०८१” का मुल आयोजक समिती तथा सह संयोजक रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको हाे ।

“रिब्दीकोट- रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव २०८१” समापन कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला निर्वाचन क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य माननीय ठाकुर प्रसाद गैरेले गतबर्ष पालुङ्ग मैनादिमा भएकाे सुन्तला महाेत्सवबाट सुन्तलालाई राष्ट्रिय फलकाे रूपमा घाेषणा गर्ने दृण संकलन अनुरूप संदनमा आवाज उठाएसँगै नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फल घाेषणा गरेको बताउनुभयो । नेपाल सरकारले घाेषणा गरेको राष्ट्रिय फल सुन्तला रिब्दीकाेट,रैनादेबी छहरा गाउँपालिका लगाएत अन्य पालिकाहरूमा पनि उत्पादन राम्रो हुने भएकाले संघीय सरकारबाट सुन्तला पकेट क्षेत्रका लागि बजेट बिनियाेजन गर्न पहल गर्ने बताउनुभयो । पाल्पा जिल्लाकाे रैनादेबी छहरा,रिब्दीकाेट गाउँपालिका लगाएतका पालिकाहरूमा सुन्तलाकाे उत्पादन राम्रो हुने र कृषकहरूले वार्षिक रूपमा लाखाै रूपैयाँ आम्दानी गर्न सफल भएको बताउनुभयाे । आगामी दिनमा पालिकाका प्रमुखहरूसँग छलफल र अन्तरक्रिया गरि पालिकाका बाझा जमिनहरूलाई सुन्तलाकाे बगाैचाकाे रूपमा विकास गरि आम नागरिकहरूकाे जीवनस्तरमा परिवर्तन ल्याउने गरि काम गर्न पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व उधाेग मन्त्री साेम प्रसाद पाण्डेय,रिब्दीकोट गाउँपालिका तथा रैनादेवी छहरा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, दुबै गाउँपालिका अन्तर्गतका कर्मचारीहरु, कृषकहरु, पत्रकारहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रैनादेवी छहरा गाउँपालिका वडा न. ५ स्थित कटौजेपानी खेलमैदानमा कार्यक्रम सम्पन्न भएको थियाे । समापन कार्यक्रममा अगुवा सुन्तला कृषकहरुलाइ मायाको चिनो सहित सम्मान गरिएको छ ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय कृष्ण प्रसाद तिमिल्सिना एवम उद्घाेषिका बिन्दु थापाको संचालनमा सम्पन्न भएको थियाे । कार्यक्रममा सुन्तला खाने प्रतियोगिता समेत राखिएको र निश्चित समयभित्र सबभन्दा बढी सुन्तला खाने प्रथम, द्दितिय र तृतीयलाई सुन्तला नै पुरस्कार स्वरुप प्रदान गरि सम्मान गरिएको थियाे । समापन कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती प्रदर्शन गर्दै समापन गरिएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्