रैनादेवी छहरा गाउँपालिकामा पालिका गौरवका योजनाबाट गाउँघरमै पक्की तथा ग्रावेल सडक 

Facebook
X
WhatsApp
LinkedIn

सुनिल कार्की 

कुनै समय शहर बजारमा मात्र देख्न पाइने कालोपत्रे पिच सडक अहिले संघियता पछि भने गाउँगाउँमा पनि विस्तार हुन थालेका छन  पालिकाले संचालन गरेका ठुला ठुला योजना बाट गाउँ गाउँमा शहर बजारमा पाउने जस्तै सुविधा पाउन थालिएको   पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले पनि संचालन गरेको पालिका गौरवका योजनाबाट स्थानिय नागरिकले गाउँघरमै पक्की तथा ग्रावेल सडक पाउँदा खुशी बनेका छन 

शहर बजार तथा राजमार्ग क्षेत्रमा मात्र देख्न  प्रयोग गर्न पाइने कालोपत्रे सडक अहिले गाउँगाउँमा समेत विस्तार हुन थालेसँगै स्थानिय नागरिकलाई सुविधा पुग्न थालेको   नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघियता पछि बनेका स्थानिय सरकारले योजनालाई पालिकाको गौरबको रुपमा कार्यन्वयनमा लागेसँगै गाउँका धुलाम्मे  हिलाम्मे सडकको अहिले रुप  स्वरुप दुबै फेरिन थालेका छन  जसको जोलन्त उदाहरणको रुपमा रहेको  रैनादेवी छहरा गाउँपालिकाले सुरु गरेको गुल्मीपाल्पा  रुपन्देही जिल्ला जोड्ने  धजाबान्नेतानसिङ्गलसातमुरे सडक रहेको   चालु आर्थिक वर्षमा रैनादेवी छहरा गाउँपालिकाले करीव १० करोड रुपैया बजेट लगानी गरि निर्माणको काम सम्पन्न भएपछि स्थानिय खुशी भएका छन 

गाउँपालिकाले बहुबर्षिय योजना अन्तरगत चालु आर्थिक बर्ष २०८०\८१ को असार  मसान्त सम्म छहरा वडा नं  को कार्यालय देखि धजाबान्ने सम्मको  हजार  सय ६० मिटर सडक  पिच (कालोपत्रेगरेको   चालु आर्थिक बर्ष २०८०÷८१ को लागि कुल  करोड लाख  ७८ हजार  सय ६० रूपैयाँ    संघीय समपुर बजेटबाट ५० प्रतिशत गाउँपालिकाको बजेटबाट कालोपत्रेको काम भएको हो 

पालिकाले अधिकाश वडाहरुलाई समेटेर सिमाना जोडिएका  जिल्ला जोड्ने सडक कालेपत्रे योजना लाई प्राथमिकतामा राखेर गत बर्ष देखी कालोपत्रे अभियानको काम शुरु गरेको हो   आगामी बर्षको बजेटमा पनि पालिकाले  पुर्वाधार क्षेत्रमा ठुला ठुला योजनालाई प्राथमिकता दिने जनाएको  

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्