‘तारा चिन्हमा मतदान गरी आर्थिक समृद्धिको बाटो रोज्न नेकपा उम्मेद्वारः पाण्डेय

Facebook
X
WhatsApp
LinkedIn

तानसेन । नेपाली कम्युनिष्ट पार्टी, पाल्पा क्षेत्र नंं २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले तारा चिन्हमा मतदान गरी आर्थिक समृद्धिको बाटो रोज्न मतदातालई अनुरोध गरेका छन् । मंगलबार रिब्दीकोट गाउँपालिकाको विभिन्न वडामा घरदैलो गर्दै उम्मेद्वार पाण्डेयले आफू साझा उम्मेद्वार भएको हुँदा ढुकक भएर मतदान गर्न आग्रह गरेका हुन्।उम्मेद्वार पाण्डेयले पाल्पाली जनताले विकास र समृद्धि चाहने बताउँदै त्यसको नेतृत्व विगतदेखि आफूले गरेको हुँदा आगामी निर्वाचनमा पनि विजयी हुने दावी गरे । आफू जनप्रतिनिधि भएदेखि पाल्पालीको सेवामा मात्रै केन्द्रित भएर अघि बढेको बताउँदै नेता पाण्डेयले अब आर्थिक समृद्धिको खाका कोर्नका लागि जनताले आफूलाई नै तारा चिन्हमा मतदान गरी विजयी बनाउनेमा ढुकक रहेको बताए ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले घरदैलोको क्रममा देखिएको माया र जनताले दिने साथको प्रतिबद्धताले आफू निकै उत्साहित रहेको बताए ।नेता पाण्डेयले भने, “अहिले जसरी म प्रति तपाइँहरु सकारात्मक हुनु भएको छ। यो नै मेरो सम्पत्ति हो, मैले जनप्रतिनिधि भएदेखि सुशासनको प्रत्याभूति र भ्रष्ट्राचारको विपक्षमा उभिएर काम गर्दै आएको छु । अब पनि मेरो सक्रियता निरन्तर रहने छ।”उनले थपे, -“पश्चिम पाल्पाको रिबदीकोट र रैनादेवीलाई अकबरे खुर्सानी र सुन्तला को जोनका रुपमा विकास गरी स्थानीयलाई आयआर्जनसंग जोड्न र उतपादित उपजको बजारीकरण तथा विविधिकरणमार्फत स्वरोजारी सृजना गरी बसाइसराई रोक्न म प्रतिबद्ध छु ।”घरदैलोका क्रममा स्थानीय मतदाताले विकासका योजनाको माग तथा केही सुझा दिएको थिए।

नेता पाण्डेयले आफू पदमा हुँदा या नहुँदा जहिले पनि नागरिकका गुनासा सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्