निशुल्क स्वास्थ्य शिविरका लागि डा.कोइरालाको टोली पाल्पा आउँदै

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,फाल्गुन ०९

सुनिल कार्की \

बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि पाल्पाको बराङ्दी आउँने कार्यक्रम तय भएको यही फागुन ११ १२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने शिविरमा डा. कोइराला सहितको टोली आउने भएको हो

 

रिडी राम्दी समाज काठमाडौको आयोजना बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सहआयोजनामा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बगनासकाली बराङ्दीको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगणमा हुने सहकारीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष भुषालले बताउनुभयो

 

शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक भएमा निशुल्क औषधी उपलब्ध गराइने शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा भगवान कोइराला, स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिने सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताउनुभयो

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्