रामपुरले दियो अनुदानमा लहरे तरकारीको बिउँ

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष २६ ।
सुनिल कार्की \
पूर्वी पाल्पाको रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा हिउँदे तरकारीको विउ विजन वितरण गरेको छ ।
नगरपालिकाले एक कार्यक्रमका विच कृषक तथा कृषि समुहलाई ५० प्रतिशत अनुदानमा लहरे तरकारीको विउ वितरण गरेको हो । कृषकहरुलाई विउ विजन वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा बीउ विजन वितरण गरेको बताउनुभयो । कृषकलाई व्यवसायीक र आत्मनिर्भर बनाउन प्रोत्सहानका लागि ५० प्रतिशत अनुदानमा विउ वितरण गरेको उल्लेख गर्नुभयो । नगरपालिकाको आर्थिक बर्ष २०८०\ ०८१ को स्विकृत तेलहन तथा तरकारीको विउ विजन ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत विउ वितरण गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिनुभयो । कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा, लौका, घिँरौला , तिते करेला, टमाटर, भिण्डी, टनेबोडी , घ्यू सिमि जातका तरकारीको विउ विजन वितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो ।
यो कार्यक्रम अन्तर्गत १ सय ५४ जना कृषक तथा कृषि समुहलाई विउ विजन वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्