निस्दीमा आगोलागीमा परी एक शिशुको मृत्यु

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, पुस ७ । सुनिल कार्की \

 

पाल्पाकाे  निस्दी गाउँपालिका–३ क्याङ्गरुङ्गमा (शनिबार) आगोलागीमा परी एक शिशुको मृत्यु भएको छ ।

क्याङ्गरुङ्ग पोखरीथर स्थित श्याम बहादुर पल्लीको घरमा आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको हो । छोरीलाई झोलुङ्गोमा सुताएर दुई छोराहरु घरमा छोडेर आमा हेमसरी पल्ली सहित परिवारका अन्य सदस्य काममा गएको बेला दिउँसो सवा १२ बजे एक्कासी आगोलागी भएको थियो । घर भित्र रहेका शिशुको आगोलागीमा परी निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

आगोलागी बाट पल्लीको खरले छाएको घर र गोठ पूर्ण रुपमा क्षति भएको छ ।आगोमा परी गोठमा रहेको एक वटा भैंसी र पाडा समेत जलेर घाईते भएको छ । साथै एक वटा बाख्रा मरेको छ । घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा सहित धनमाल जलेर नष्ट भएको छ । अहिले स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएको प्रहरीले जनाएको छ । आगोलागी के कति कारणले भयो भन्ने विषयमा खुल्न सकेको छैन । क्षति कतिभयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्