नेवारी परिकारको जर्गेना गर्न तानसेनको टक्सारमा योमरी महोत्सव हुँर्दै 

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, पुष ६ । 

सुनिल कार्की \

पछिल्लो समय लोप हुँर्दै गएको नेवारी कला संस्कृति खानाका परिकारको संरक्षण गर्न पाल्पामा योमरी महोत्सव हुने भएको योमरी पुर्णिमाको अवसरमा पाल्पा सदरमुकाम तानसेको टक्सारमा भोली शनिबार योमरी महोत्सव हुन लागेको हो

 

नेवारी परिकार, भेषभुषा, कला संस्कृती परम्परा हराउँदै गएको अवस्थामा पचिहान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन योमरी महोत्सव गर्न लागिएको मैत्री क्लव टक्सारले जनाएको नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी भएकोले नेवारीमा सबैभन्दा मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरिन्छ खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछी घरमा भकारी बनाएर राख्ने मंसिर पुर्णिमाको दिन सोही नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने परम्परा रहेको पाईन्छ योमरी पुर्णिमाको दिन घर घरमा नाचगान गर्दै योमरी माग्ने चलन विगतका वर्षहरुमा भएपनि अहिले भने यस्तो परम्परा लोप भएको

 

काठमाडौं भक्तपुरबाट बसाईसराई गरेर पाल्पा पुगेका नेवारी समुदायका बुढापाकाले चलन चल्ती, संस्कार, परम्पराहरुलाई जोगाउन योमरी महोत्सव गर्न लागिएको कार्यक्रमका प्रचार संयोजक रिलरमान महर्जनले जानकारी दिनुभयो महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरीको स्टल प्रदर्शन गरिनेछ  

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्