पाल्पाको आँपगैरा जंगलमा एकनाले भरुवा बन्दुक भेटियो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,मंसिर २० ।
सुनिल कार्की ।
पूर्वी पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद भएको छ ।

प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । बन्दुक कसले र किन राखेको हो भन्ने विषय खुल्न सकेको छैन ।

बरामद बन्दुकका विषयमा थप अनुशन्धान गर्न जिल्लाबाट प्रहरी निरिक्षकको नेतृत्वमा थप अनुसन्धान टोली परिचालन भएको पाल्पा प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्