पाल्पामा पहिरोले स्कोरपिओ पुरियो, ३ जनाको मृत्यु,५ जना यात्रु घाइते

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,भदौं १३ ।
सुनिल कार्की \
पाल्पाको तानसेन तम्घास सडक खण्डको जोर्तेमा पहिरोले स्र्कापियो गाडी पुरिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना यात्रु घाइते भएका छन ।  घाइते ५ जनालाई हार्थोक र अर्गली प्रहरी चौकिले उद्धार गरि उपचारको लागि सदरमुकाम तानसेन पठाएका छन । गुल्मीको तम्घासबाट बुटवलका छुटेको रुरु रेसुङगा यातायात प्रालिको लु १ ज ४६०० नं स्कोरपिओलाई सडक माथिबाट खसेको ठुलो ढुंगा सहितको पहिरोले पुर्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको रहेको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइतेको पाल्पा सदरमुकाम स्थित यूनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भईरहेको छ । मृतक तीनै जनाको पहिचान खुल्न भने सकेको छैन ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्