भू–सेना बनाउने कांग्रेसको २०१५ सालको घोषणापत्र

Facebook
X
WhatsApp
LinkedIn

आफ्नो पार्टीलाई समाजवादी संस्था ठहर्‍याउँदै नेपाली कांग्रेसले पहिलो चुनावी घोषणापत्रको सुरुवातमा ‘नेपाली कांग्रेस समाजवादी संस्था हो’ भन्दै देशलाई एक ठूलो परिवारका रूपमा विकास गर्ने उद्देश्य पेश गरेको थियो ।

घोषणापत्रलाई ‘देशवासीका नाममा पठाएको पत्र’ सन्देशका रूपमा अथ्र्याउँदै नेपाली कांग्रेसले पहिलो घोषणापत्रलाई भूमि र किसानकेन्द्रित बनाएको थियो ।

२०७२ सालको संविधानले नै नेपाललाई समाजवाद उन्मुख भनेको छ । ६४ वर्ष अगाडि लेखिएको कांग्रेसको पहिलो घोषणापत्रमा पनि समाजवादको लक्ष्य टाढा भएको स्वीकारिएको थियो ।

समाजवादको लक्ष्य टाढै रहेको स्वीकार्दै कांग्रेसको पहिलो चुनावी घोषणापत्रमा लेखिएको छ— ‘नेपाली कांग्रेसको समाजवादी व्यवस्थाको लक्ष्य अझै टाढै छ । तत्काल नै समाजवादी लक्ष्य प्राप्त गर्ने साधन समाजमा उपलब्ध छैनन् ।’

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्