वन कार्यालयद्धारा रामपुर नगरपालिकालाई विरुवा सहितको नर्सरी हस्तान्तरण

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा \

डिभिजन वन कार्यालय  पाल्पाले रामपुर नगरपालिकालाई विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको छ । डिभिजन वन कालार्यलय पाल्पाले सव डिभिजन वन कार्यालय रामपुर पाल्पाले तयार पारेको विरुवा सहितको नर्सरी मंगलबार रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

वन कार्यालयले करिब ३ महिनाको अवधिमा तयार पारेको १४ प्रकारका ३२ हजार ६ सय ४० वटा विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो । वन कार्यालय पाल्पाको एक पालिका एक वन नर्सरी कार्यक्रम अन्तर्गत तयार पारिएको नर्सरी नगरपालिकालाई रेखदेख र वितरणको लागि जिम्मा दिईएको हो । नर्सरी हस्तान्तरण गर्दै सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले वन कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका संग सम्झौता भई तयार पारिएको नर्सरी नगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । साथै अहिले तत्काल खयर जातको विरुवा वितरण गर्न योग्य रहेको भन्दै अन्य विरुवा आगामी बर्ष वितरण गर्न सकिने बताउनुभयो । नर्सरी ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तयारी अवस्थामा रहेका विरुवा नगरबासीलाई निशुल्क रुपमा वितरण गरिने बताउनुभयो ।

साथै अहिले वितरण गर्न योग्य रहेका २ हजार ७ सय ५० वटा खयरका विरुवा नगरबासीको मागको आधारमा वितरण गर्ने बताउनुभएको छ । साथै बार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकालाई नर्सरी तयारी गरि हस्तान्तरण गरेकोमा वन कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामपुर नगरपालिकाको भौतिक तथा जग्गा व्यवस्थापनमा सब डिभिजन वन कार्यालय रामपुरले छतिवन , तेजपत्ता ,ज्याकेरेन्डा , गोल्डमोहर,राजवृक्ष, वेल , पंहेले फुल , कपुर , ओरी , अमला ,खयर , क्यासिया ,हरियो सिमल र धुपी गरि ३२ हजार ६ सय ४० प्रकारका विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्