April 27, 2024

पाल्पा,असार २६ ।
सुनिल कार्की ।
पूर्वी पाल्पाको एक नमुना विद्यालयको रुपमा रहेको रामपुर नगरपालिका ८ एक्लेटारमा अवस्थित गंगा माध्यमिक विद्यालयको बस विद्यालयकै शिक्षकले दुर्घटना गराएको खुलेको छ । यही वैशाख २९ गते बेलुकी ७ बजेर १० मिनेटको समयमा विद्यालय परिसरको आगाडी पिलरमा विद्यालयकै शिक्षक बद्री घिमिरेले चलाएको बस अनियन्त्रीत भई ठोक्किएको पुष्टी इलाका प्रहरी कार्यालय रामपुरले गरेको हो ।

इप्रका रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटले श्री आई.जि आई.प्रेुडेन्सियल ईन्सोरेन्स लि नारायणचौर नक्साल काठमाण्डौंलाई खुलाई पठाएको विवरण पुष्टी गर्नुभएको छ । दुर्घटना लगतै खटिएको ट्राफिक प्रहरी र इप्रका रामपुरको प्रहरी टोलीले घटनाको बारेमा स्थानिय प्रत्यक्षदर्शी,विद्यार्थी र स्वयम चालक सहचालकलाई सोधपुछ गर्दा सो गाडीको दुर्घटना विद्यालकै शिक्षक बद्री घिमिरेले गराएको पुष्टी भएको इप्रका रामपुरले जनाएको छ । सवारी चालक काम विशेषले बाहिर गएको बेला बस दुर्घटना भएको सहचालकले बयानको क्रमममा प्रहरीलाई भनेका छन ।

एकातर्फ सरकारी विद्यालय, अर्को तर्फ सरकारी विद्यालय भित्रको पनि नमुना र राम्रो अभ्यास भएकै विद्यालय हातामै दुर्घटना भएको घटना प्रति भने रामपुर नगरबासी र विद्याार्थीका अभिभावक चिन्तीत बनेका छन । सरकारी विद्यालय अझ त्यसमा नमुना विद्यालय भनेर हामीले यो विद्यालयप्रति धेरै विश्वास गरेका थियौं तर अहिले देखिएको हदै सम्मको लापरबाहीले हामीलाई चिन्तीत बनाएको छ एक अभिभावकले दुखेसो पोख्दै भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *