ईलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । विभिन्न समयमा विभिन्न स्थानबाट समूह बनाई चोरीमा संलग्न युवाहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

क्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दिपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय अमाकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल कुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गारे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्री गरेका छन् ।
पछिल्लो ३\४ महिनाको अवधिमा चोरीका घटना अत्याधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोलीनै गठन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको थापाले बताए । उनीहरुलाई रुपन्देहीसहित, काठमाडौं, बागलुङ, नवलपरासी लगायतका जिल्लाहरुमा पुगेर पक्राउ गरी बुटवल ल्याइएको हो ।
					
															
								
        
							
							
							
							
								
															
															
								
								
								
															
															
															
								
															
								


