कविता : पीडित र दुःखीलाई हेर्ने पहिलो पाइला

Facebook
X
WhatsApp
LinkedIn

उठ ए जेठा, उठ ए माहिली, उठ ए माहिला ।।।

समाज परिबर्तन, पीडित र दु:खीलाइ हेर्ने पहिलो पाइला ।।।

 

बस्ती बस्ती र गाउँ सहरमा धेरै राम्रो काम।।।

असाहयलाई आश्रम, नाङ्गोलाई कपडा रे, भोकालाई माम ।।।

 

२०७५ सालमा स्थापना भए देखि सुरु भएको रे ।।।

जनताको सेवा गर्दै रक्षा गर्दै धेरै ठाउँ गएको रे ।।।

 

कहिले राहत कार्यक्रम त कहिले दिप प्रज्वलन ।।।

पहिलो पाइला मानिसको अधिकार ग्रहण ।।।

 

घाम पानी नभनेर,आफू भोकै भए पनि समाज सेवा गर्नको निम्ति हुनै पर्दैन धनी ।।।

धेरैको जीवन परिवर्तन गर्यो रे,दुखी गरिबको भगवान बन्दै बस्छन रे ।।।

 

पहिलो पाइलाका प्रतिनिधी समाज सेवा गर्ने दिन गन्दै ।।।

कहिले आश्रममा पुगेर,कहिले बिरामिको सेवा गरेर खुशी हुन्छन पहिलो पाइला दुखिको ओठमा खुशी भरेर ।।।

                                                                                                                                             -बबिता थापा (सन्ध्या) पहिलो पाईला नेपाल पाल्पा शाखा उपाध्यक्ष हुन् 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्