तानसेन खानेपानी तदर्थ समितिको संयोजकमा श्रेष्ठ

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,सुनिल कार्की \
तानसेन खानेपानी उपभोक्ता समितिको संयोजकमा मोहनप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
मंगलवार सम्पन्न तानसेन नगरपालिकाको कार्यपालिकाको बैठकले श्रेष्ठको संयोजकत्मा ७ सदस्यीय तदर्थ समितिको गठन गरेको छ । जसको सदस्यहरुमा राधेश्याम ज्ञवाली, सन्तोषकुमार नेपाल, दुर्गादेवी भट्टराई, महेन्द्र बहादुर खाती क्षेत्री, लालमने अधै पुन र दिल कुमारी शर्मा रहेका छन ।


यसअघि असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताहरुको भेलाले नगरपालिकालाई जिम्मेवारी दिएको थियो । यसअघिको समितिको म्याद सकिएको ३ वर्ष पुग्दा पनि बैधानिक रुपमा पुर्नगठन हुन सकेको थिएन । तानसेनको खानेपानी उपभोक्ता समितिको कम चासोकै कारण तानसेनमा सधै पानी समस्या हुदै आएको छ । यो समितिले नयाँ बिधान तयार गरि ६ महिनाभित्र खानेपानी उपभोक्ता समितिको निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।
तानसेन नगरपालिकाले तदर्थ समिति गठनका लागि सबै दलसँग छलफल गर्ने तयारी गरेपनि एमाले , रास्वपा लगायतका केही दलहरू यसमा सहभागी भएका थिएनन् ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्