पाल्पा बुटवल खण्ड : डोजरको टायर पञ्चर भएपछि………

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार १९ ।
सुनिल कार्की ।
पहिरोले अवरुद्ध पाल्पा बुटवल सडक खण्ड सुचारु गर्न पुगेको डोजरको टायर पञ्चर भएपछि काम रोकिएको छ । गौंडे पुल नजिकै पहिरो जाँदा अवरुद्ध बनेको सडक सुचारु गर्न पुगेको सडक डिभिजन कार्यालयको डोजारको टायर नै पञ्चार भएपछि काम रोकिएको हो ।
पुर्ण रुपमा अवरुद्ध भएको सडक सुचारु गर्न अहिले समस्या भएको छ । पहिरो हटाउने कार्यमा सडक डिभिजन कार्यालय सहितको नेपाल र ट्राफिक प्रहरीको टोली निरन्तर खटिएको छ तर सार्थक हुन सकेको छैन । सडक अवरुद्ध हुँदा यात्रु विहानै देखि बिच बाटोमा रोकिनु परेको छ । सडक सुचारु गर्न अझै एक देखि डेढ घण्टा लाग्ने भएकोले धैर्य गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्