May 3, 2024

हरि पूर्व निरौला, ईलाम
गुरु पूर्णिमा एउटा पुरातन धार्मिक हिन्दु परम्परा हो। यो पर्व सबै आफ्ना ज्ञात अज्ञात गुरुहरू प्रति समर्पित छ। यो पर्व विश्वमा छरिएर रहेका हिन्दु र बुद्धिष्ट हरुमाज बडो धुमधामका साथ गुरु हुनेले गुरुलाई भेटेर विभिन्न सौगात सरुप आफ्नो गच्छे अनुसार खुसी पार्ने गरिन्छ,भने गुरु न हुने ले गुरुको स्मरण गरी विभिन्न वृदा तथा मठ मन्दिरमा गएर फल फूल तथा भेटी चढाएर मनाउने चलन छ।यो पर्व विश्वमा नेपाल,भारत अनि भुटानमा रहेका हिन्दु र बौद्ध सम्प्रदायमा विशेष हर्ष उल्लासका साथ मनाउने गरिन्छ।

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर:।
गुरु साक्षत परम ब्रह्मा तस्मै श्री गुरुवे नम:।।

अर्थात् गुरु नै ब्रह्मा हुन,गुरु नै विष्णु हुन, गुरु नै महेश्वर हुन अनि गुरु नै परम ब्रह्म हुन भन्ने गरिन्छ अनि हाम्रो जीवन गुरु कै कारण हाम्रो जीवन मा ज्योति हुन्छ भन्ने विश्वास छ र यतार्थ हो पनि।

भनिन्छ पहिलो गुरु आमा हुन अनि पहिलो विद्यालय घर हो। अनि आमाको सेवा गर्नाले गुरुको सेवा बराबरको आत्म सम्मान पाइन्छ। तर पनि माता पिता र गुरुको स्थान सदै उच्च हुन्छ जीवनमा। किनकि जन्म दाता माता पिता अनि जीवनको अधेरो पन्छाएर शिक्षाको ज्योति छर्ने गुरुको महत्व आफ्नो जीवन काल भरी नै बहुमूल्य हुन्छ।
अहिलेको नयाँ पुस्तामा गुरुको महत्व हराउँदै गएको छ । यो अमूल्य योगदान का दाता गुरु र माता पिता प्रतिको लगाव अनि नी स्वार्थ माया र प्रेम को महत्व हरेक व्यक्तिलाई हरेक माध्यम बाट दिन जरुरी छ।

सबैलाई स्मरण हुनु पर्दछ कि गुरु माता पिता को आशीर्वाद बिना मानव जीवन को कुनै अर्थ अनि सार्थकता छैन। यदि माता पिता को साथ र गुरुको उचित मार्ग निर्देशन न हुने हो भने मानव जाती नै एउटा जनावरको रूपमा विकशित हुने थियो होला भन्दा अतियुक्ति न होला।

सबैमा गुरु पूर्णिमाको धेरैं धेरै शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *