काफलको रुखबाट खसेर छचुवाका कुमालको ज्यान गयो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,वैशाख १८ ।
सुनिल कार्की  \
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ छचुवामा काफल टिप्ने क्रममा रुखबाट खसेर एक युवकको ज्यान गएको छ ।

आफनै घर नजिकको जगलमा काफल टिप्न खोज्दा रुखबाट लडेर घाइते भएका सोही ठाउँका १८ बर्षीय सुर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो । रुखबाट खसेर घाइते कुमालको उपचारको क्रममा तानसेन स्थित यूनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख शर्माले बताउनुभयो ।

कुमाल दिउँसो करिब २ बजे काफल टिप्न भनि घरबाट हिँडेको परिवारिक स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्