पाल्पामा शहिद सप्ताहा कार्यक्रम : शहिदलाई सम्मान गरि मनाईयो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,फाल्गुन २२ ।
पाल्पामा शहिद सप्ताहा शहिद परिवारलाई सम्मान गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

एक पालिका एक कार्यक्रम अन्र्तरगत जिल्लाका दशवटै पालिकामा सप्ताहाव्यापी शहिद सप्ताहा कार्यक्रमको आयोजना गरि ५० भन्द बढी शहिद परिवारलाई सम्मान गरिएको छ । मुलुकको परिवर्तनको निम्ती बलिदानी दिएका शहिदको सम्झनामा सप्ताहा व्यापी कार्यक्रम गरिएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताउनुभयो । सप्ताहा व्यापी शहिद सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहिद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताउनुभएको थियो । जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको भन्दै मुलुक भित्रै स्वरोजगारी,शिक्षा,स्वास्थ्य र पूर्वाधार सहितको विकासलाई जनयुद्धले पूर्णता दिन नसकेको उहाँले बताउनुभयो ।

शहिद परिवारका सदस्य लक्ष्मण रसाईलीले मुलुकको नेतृत्वमा पुगेर बागडोर समालेका प्रचण्डले जनयुद्धको भावना विपरित काम गरेको बताउनुभयो । सर्वहारा जनताका छोराछोरीले लडेको जनयुद्धले पनि शहिदका अपेक्षा पुरा गर्न नसकेको उहाँले बताउनुभयो ।
शहिद सप्ताहा कार्यक्रममा नेकपा बहुमतका नेता कार्यकर्ताको उल्लासपुर्ण सहभागिता रहेको थियो । शहिद सप्ताहा कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य विजय सारुले गर्नुभएको थियो । जनयुद्धमा लडेको मुलधारको पाटीले सम्मान दिन नसके पनि बहुमतले गरेको सम्मानले शहिद परिवारलाई राहत मिलेको प्रति खुशी ब्यक्त गरेका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्