५ करोडको लगानीमा चुच्चेबारीमा ‘सम्भवि पाल्पा खाद्यन्न’ डिष्ट्रिब्युटर सञ्चालनमा

Facebook
X
WhatsApp
LinkedIn

५ करोडको लगानीमा चुच्चेबारीमा ‘सम्भवि पाल्पा खाद्यन्न’ डिष्ट्रिब्युटर सञ्चालनमा
पाल्पा,फाल्गुन २ ।
सुनिल कार्की \
लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा ५ करोडको लगानीमा खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा आएको छ । बुटवल भैरहवाकै मुल्यमा सेवा दिने उद्धेश्यले जिल्लाको तानसेन ७ चुच्चेबारीमा सम्भवि पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर प्रा.लि.सञ्चालनमा आएको हो ।

पाल्पाको मुख्य व्यापारिक केन्द्रहरु तानसेन,रामपुर,सराई,हार्थोक,छहरा,आर्यभञ्याङ्ग सहित सहित ग्रामिण क्षेत्रका बजार र छिमेकी जिल्लाहरु गुल्मी,अर्घाखाँचि,स्याङ्गजा,बाग्लुङ्ग,पर्वत जिल्लाका खाद्यन्नका खुद्रा तथा होलसेल बिक्रि गर्ने बिक्रेता तथा उपभोक्ताको सहजताको सबै जिल्लाकै ठुलो खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा ल्याएको प्रबन्धक आकाश खानले जानकारी दिनुभयो ।

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको पहिरो जोखिमका कारण खाद्यन्न ओसारपोसार गर्न कठिनाई हुने गरेकोमा पाल्पाबाट सेवा सुरु गरेको सम्भवि खाद्यन्न डिष्ट्रिब्युटरले आगामी दिनमा सहजता ल्याउने डिष्ट्रिब्युटरकी अध्यक्ष संगिता कार्कीले बताउनुभयो ।

बढ्दो महाङ्गीले चर्को मुल्य मारमा परेका सेवाग्राहीलाई मुल्य र सेवामा डिष्ट्रिब्युटरले राहात प्रदान गर्नुका साथै बुटवल र भैरहवाकै मुल्यमा सबै प्रकारका खाद्यन्न उपलब्ध रहेको सञ्चालक दिपक गुप्ताले जानकारी दिनुभयो ।

तीन जनाको लगानीमा सुरु भएको सुरु भएको खाद्यन्न डिष्ट्रिब्युटरमा १५ जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन । दैनिक उपभोग्य सामाग्रीको लागि बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेकोमा अब भने यसको अन्तय भएको तानसेन ७ चुच्चेबारीका स्थानिय राजेश कार्कीले बताउनुभयो ।

एक दुई रुपँैया सस्तोका लागि गाडी भाडामा लिएर अन्यन्त्र जानुपर्ने सास्ती थियो अब सस्तो मुल्यमा दैनिक उपभोग्य सामाग्री गाउँमै सुलभ मुल्यमा पाउन थालेपछि राहात मिलेको उहाँले बताउनुभयो । कार्कीले जस्तै अन्य स्थानिय पनि सम्भवि पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर सञ्चालनमा आएपछि दैनिक उपभोग्य खाद्यन्नको लागि सहयोग पुगेको बताएका छन ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्