March 29, 2024

पोखरा – लोकगायिका निरा छन्त्यालको यति एयरलाइन्स विमान दुर्घटनामा परेकी छिन् । उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै तस्बिर सार्वजनिक गरेकी थिइन् ।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उडिन् । तर, उनी गन्तव्यमा पुग्न पाइनन् । उनीसँगै विमानमा रहेका ६८ जना यात्रुलाई चारजना चालक दलका सदस्यले उडाइरहेका थिए ।

विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा खसेपछि निराको पोखरामा रमाउने चाहना पूरा हुन पाएन । उनको अवस्थाबारे अज्ञातै रहे पनि उनी आज पोखरामा हुने माघीको रमाइलोमा भने उपस्थित नहुने निश्चित त नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *