पाल्पा ११ फागुन \
नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं। १ का उम्मेदवार सन्दिप रानाले चुनावी अभियान तीव्र बनाउनुभएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रानाले प्रचारप्रसारलाई तिव्र बनाउनु भएको हो । शुक्रबार देखि निस्दी गाउँपालिका केन्द्रित प्रचार प्रसारमा रहनु भएका रानाले शनिवार निस्दी गाउँपालिकाको वडा नं।२, ३, र ५ का बस्तीहरुमा घरदैलो गर्नु भएको हो । रानाले आज निस्दी(२ को सुकेकोट, थाम, पुरान्थर, कोटथर, लिन्दी, भाङ्गबारी, वडा नं। ३ को धार्केसिङ, झिरुवास, क्याङ्गरुङ्ग, भलुवा, वडा नं। ५ को पिपल भञ्ज्याङ्ग, गेझा, वडा नं। ४ को मिल्यालका बस्तीहरुमा पुगेर प्रचारप्रसार गर्नु भएको हो । रानाले टोल बस्तीमा पुगेर मतदातासँग घरदैलो संगै अन्तरक्रिया मार्फत क्षेत्र नं। १ को विकासको लागि अघि सारेको एजेण्डाको विषयमा जानकारी गराउनु भएको थियो । क्षेत्र नं। १ मा परिवर्तनको लहर छाएको बताउँदै उहाँले यस पटकको निर्वाचन विगतको भन्दा फरक रहेकाले उत्साहका साथ निर्वाचनका होमिन आग्रह समेत गर्नुभयो ।

मतदाता समक्ष आफ्नो धारणा राख्नु हुँदै उहाँले पूर्वाधार विकास संगै युवाहरुलाई स्वरोजगार सृजना गरी देश मै बस्ने वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले जनता समक्ष राखेको बाचा पूरा गर्नमा सक्रिय रहने बताउँदै १६५ संसदिय क्षेत्र मध्ये पाल्पा क्षेत्र नं। १ लाई नमुना संसदीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । रानाले पाल्पालीको शिर कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । कृषि, पर्यटन र उद्यम विकास गरेर पाल्पाको परिवर्तन हुने बताउदै पर्यटकीय स्थल, गौरव पर्यटन, सांस्कृतिक पर्यटनको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । जबसम्म भौतिक बिकास हुँदैन तबसम्म प्रगति नहुने भन्दै आर्यभञ्ज्याङ् (हुमिन( ताहुँ( बिरकोट( जब्गादी( बेलडाँडा सडक स्तरउन्नति, झडेवा गोठादी रहबास मटेरी ताकातुङ बहादुरपुर जल्पा अर्चले मित्याल झिरुबास बाकामलाङ हुँदै भोताहा सडक स्तरोन्नती, कालीगण्डकी करिडोरलाई विकासको बाणिज्य करिडोरको रुपमा विकास गर्न, आर्यभञ्ज्याङ( रानीबास, दक्षिणी भेगबाट

नवलपरासीका दुम्किबास, खैरेनी, सुनवल निस्कने मोटरबाटो स्तरउन्नति, सिचाइको लागि विभिन्न नहर, उज्यालो पाल्पालाई विद्धुतको केन्द्रिय प्रशारण सबै टोल र घरमा लैजाने गरि खाका बनाएको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुदको स्तर वृद्धि गर्ने देखि हरेक क्षेत्रमा विकासको लागि काम गर्ने बिश्वास सहित उहाँले संकल्प पत्रमा समेटेको बताउनुभयो । दलहरुले एकले अर्को दलको सम्मान गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । एकले अर्को दललाई आक्षेप लगाउनु भन्दा पनि सद्भाव कायम राख्दै आफ्नो विकासको एजेण्डा लिएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । बदलियको कांग्रेसले देशलाई बदल्ने बताउनुभयो । देशै भरको उत्साहले कांग्रेसको जित सुनिश्चित बनाएको धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले नेपाली कांग्रेसले पाल्पा र देशले गर्व गर्न लायक सक्षम व्यक्तित्व रानालाई जनता समक्ष प्रस्तुत गरेको बताउनुभयो । निर्वाचनमा रुख चिन्हमा मतदान गरी विजयी गराउन मतदातासमक्ष कांग्रेसका नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर आग्रह समेत गरिरहेका छन् । ३३ वर्ष देखि एउटै दलबाट निर्वाचित भएपनि जनअपेक्षा अनुसार विकासले गति लिन नसकेको भन्दै विकासका लागि एक पटक मौका दिन आग्रह गरेका छन् ।



