तानसेन, ११ फागुन \
नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले जनताको मत खेर जान नदिने बताउनुभएको छ । आइतबार बगनासकाली गाउँपालिकाका विभिनन वडाका मतदातासंगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो। उम्मेद्वार पाण्डेयले आफू सधै नागरिककै कामका लागि तत्पर रहेका बताउँदै जनताको मतको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो। पूर्व मन्त्री समेत रहनुभएका उम्मेद्वार पाण्डेयले निर्वाचन संवैधानिक व्यवस्था भएको जनाउँदै उहाँले भन्नुभयो, जित र हार स्वीकार गर्न सक्छु तर, जनताबाट म कहिले टाढा हुन सक्दिन ।

मैले मेरो पूरा जीवन पाल्पाली जनताका लागि सर्मपित गरेको छु । मैले विगतमा गरेका कामको मुल्यांकन सबै पाल्पावासीले गर्नेमा म ढुक्क छु । उहाँले भन्नुभयो । मैले जत्तिको पाल्पाका नागरिकको विकास र आवश्यकता महशुस गर्ने व्यक्ति विरलै छन्, मैले केही ठूलादेखि नागरिकका जनजीविकासंग जोडिएका विषयमा कामहरु गरेको छु । सुरु गरेका र केही थप योजनाहरु सम्पन्न गर्नका लागि मेरो उम्मेद्वारी हो। उम्मेद्वार पाण्डेयले अब नागरिकको जीनवस्थतर सुधार गर्ने पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

अबको यात्रा आर्थिक समृद्धिको रहेको बताउँदै उहाँले जिल्लाको आर्थिक विकासका लागि गुरु योजना तयार गरेर समग्र पाल्पाको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उम्मेदवार पाण्डेयले पाल्पा दुईका मतदाताले यसपाली विकास र समृद्धि रोज्ने बताउँदै आफू निर्वाचित हुनेमा ढुक्क रहेको मतदातासंग बताउनुभयो । घरदैलोमा पुग्दाको प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताउनुभयो ।