किरण कौशल \
पाल्पा क्षेत्र नं. १ का निवमान् सांसद नारायण प्रसाद आचार्यले प्रतिनिधि सभा बैठकको विशेष समयमा स्थानीय समस्यलाई सदनमा उठाउदै आउनु भएको थियो । २०७९ को प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएपछि उहाँले मुख्यगरी नीतिगत सुधार, न्यायोजित बजेट वितरणको माग गदै पाल्पाको सडकको स्तरोउन्नतीका लागि निरन्तर प्रतिनिधि सभा बैठकमा आफ्नो विचार गर्नुभएको थियो ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३१ हजार १ सय ३ मत ल्याएर विजयी बनेका अचार्य २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचन समेत नेकपा एमालेको तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार बनेर मतदाताको घरदैलो अभियानमै हुनुहुन्छ । उहाँले रामपुर मित्याल सडक खण्डको बारेमा पटक÷पटक प्रतिनिधि सभा बैठक मार्फत मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले प्रतिनिधि सभा बैठक राख्नु भएको भनाइ “रामपुर मित्याल सडक खण्ड राष्ट्रिय राजमार्गमा पर्दछ, स्थानीय कृषि उत्पादन, गेडागुडी, अदुवा, निर्यात् हुन्छ । अम्लिसो र तरकारी निकासी हुन्छ जसले शिक्षा र स्वास्थ्यमा समेत यसले निकै ठूलो प्रभाव परेको छ । त्यसैले उक्त सडक यसै आर्थिक बर्षमा बुहबर्षिण ठेक्का निकाली आगमी बर्षबाट द्रुत गतिमा काम गर्नेका लागी र नियमित मर्मत सम्भार गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन हुन सभामुख मार्फत सम्बन्धित मन्त्रलायलाई ध्यानाकर्षण गर्न चाहन्छु । त्यस्तै आर्यभञ्जाङ रामपुर सडक, बाँसटारी झडेवा सडक, दुम्बीवास सडक, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिका पहुँचमार्ग, खानी पहुँचमार्ग समेत नियमित मर्मत सम्भार गरी सुरक्षित यात्राका लागी सुनिश्चिता गर्न सभामुख मार्फत सम्बन्धी मन्त्रालयलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”
प्रतिनिधि सभा बीचमै विघटन भएपछि प्रतिनिधि सभा सदस्य आचार्यले सुरु गरेका अधूरा योजना र कार्यक्रमलाई निरन्तरता दिन उहाँले २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचन भाग लिनु भएको छ । नेकपा एमाले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय संकल्प पुरा गर्न र पाल्पाली जनताको निरन्तर सेवा गर्नका पुन उम्मेदवार बनेको नेता आचार्यको भनाइ छ ।
आचार्यले २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट निर्वाचित हुनु भएको थियो । नेकपा एमाले उम्मेदवार आचार्यले १४ हजार ७ सय ६५ ल्याएर विजयी भएका थिए । प्रदेश सभा सदस्य भएपश्चात उहाँले पाल्पाको सडक पुल निर्माण, सडक सञ्जालको बिस्तार, एक घर एक खानेपानी धारा निर्माणका क्षेत्रमा उल्लेख काम गर्नु भएको थियो । उहाँको कार्यकालमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अघि सारेको ‘समृद्ध प्रदेश, खुसी लुम्बिनीबासी’ नारालाई सार्थक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो । आर्थिक समृद्धि र जनजीवनमा खुशीयाली ल्याउने मुख्य उद्देश्य रहेको थियो ।



