दुर्घटनामा ज्यान गुमाएका परिवारलाई रैनादेवी छहराद्धारा राहत प्रदान

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,कात्तिक ३० ।
सुनिल कार्की ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले इभि सवारी दुर्घटनामा ज्यान गुमाएका तीन जनाका परिवारलाई राहतस्वरूप जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई स्वयं पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गर्नुभयो । उहाँसँगै वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर रायमाझी, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीहरू पनि उपस्थित थिए ।

अध्यक्ष भट्टराईले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाले सम्रग रैनादेवी छहरालाई क्षति पुगेको बताउनुभयो । गाउँपालिकाले राहत वितरणसँगै मृतकहरूको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राहत वितरणको क्रममा अध्यक्ष भट्टराईले स्थानीय सरकार नागरिकका समस्या, पीडा र आवश्यकतामा सधैं अग्रपंक्तिमा रहनुपर्नेमा जोड दिनुभयो । कात्तिक १२ गते रैनादेवी छहरा गाउँपालिकाको वडा नं ४ स्थित छहरा–मेहलढाप सडक खण्डमा इभी सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गाउँपालिकाले आगामी बजेटमा उक्त सडक खण्डको मर्मत र स्तरोन्नतिका लागि छुट्टै योजना अघि सार्ने तयारी समेत थालेको छ । साथै, गाउँपालिकाले सवारी सुरक्षासम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्