खाद्य प्रविधि तथा गुण नियन्त्रणका तीन वटै कार्यालयको संयुक्त समिक्षा गोष्ठी तानसेनमा

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,भदौं १५ ।।
सुनिल कार्की ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, कपिलवस्तु र पाल्पा कार्यालयले एक संयुत्त कार्यक्रमको आयोजना गरि गत आर्थिक वर्ष २०८१\ ०८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी तानसेनमा सम्पन्न गरेका छन ।

 

जिल्लाका उद्योगी, व्यापारि, जनप्रतिनिधि, सम्बन्धीत कार्यालयका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितमा तीन वटै कार्यालयले आआफ्ने वार्षिक निति कार्यक्रम अनुसारको बजेट, उपलब्धी र हुन नसकेका कार्यक्रमको बारेमा प्रस्तुतीकरण राखेका थिए ।

 

भैरहवा कार्यालयको तर्फबाट खाद्य अनुशन्धान अधिकृत हेमन्त गौतम, कपिलवस्तु डिभिजन कार्यालयको तर्फबाट डिभिजन प्रमुख सरोज खनाल र पाल्पा डिभिजन कार्यालयको तर्फबाट डिभिजन प्रमुख नरेश श्रेष्ठले आआफ्नो कार्यालयलाई विनियोजन गरिएको बजेट, भएको खर्च, गर्न सकेको कार्यक्रम र हुन नसकेका गतिविधि बारे प्रकाश पार्दै सम्बन्धीत सरोकारवाल निकायको समन्वयमा खाद्य स्वच्छता र गुणस्तरियता कायमा राख्न महत्वपुर्ण भुमिका खेल्र्दै आएको बताउनुभयो । ती वटै कार्यालयको औसतमा ७५ प्रतिशत बजेट र कार्यक्रम कार्यान्वय भएको, केही बजेट र काम कर्मचारी अभाव देखि प्राविधिक ढिलाईका कारण हुन नसकेको भन्दै आगामी दिनमा सुधार गरेर लैजाने बताउनुभयो ।

 

कार्यक्रममा सहभागि जय किसान डेरी उद्योगका सञ्चालक टिकाराम खराल, डुम्रे दुग्ध सहकारीका व्यवस्थापक गोपाल जिसी, दुग्ध व्यवसायि ध्रुवतारा बस्याल लगायतले बजारमा घिउँ र चुक नक्कली गुण्स्तरहीन बिक्रि वितरण हुँदै आएपनि कारबाही नभएको, तराईबाट पाल्पामा आउने दुधको गुणस्तर परिक्षण नभएको, गुणस्तर परिक्षणमा विश्वास घट्दै गएको भन्दै सम्बिन्धत निकायको ध्यानर्कषण गराएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्त मञ्च पाल्पा जिल्ला अध्यक्ष टंकनाथ न्यौपाने , रामपुर उद्योग वाणिज्य संघ अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की, पाल्पा उद्योग वणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनार लगायतले दुधजन्य पदार्थमा मिसावट बढ्दै गएको, बजार अनुगमनमा तालिका र डायरी कार्यान्वयमा ल्याउनुपर्ने, स्थानिय तहको कमजोर बजार अनुगमनलाई संक्रिय बनाउनुपर्ने, स्थानिय तहमै नमुना परिक्षणको लागि प्रयोगशाल र जनशक्ति तयार गर्न दबाब दिनुपर्ने, बढ्दो पोके व्यापारिको नियमनको लागि प्रहरी प्रशासन संक्रिय भएर लाग्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामा क्वारेन्टाइन नहुँदा गुणस्तरहीन दैनिक उपभोग्य वस्तु भित्री रहेको भन्दै जिल्लाका स्थानिय तहले यसको निर्माणमा चासो दिनुपर्ने बताउनुभयो । प्रमुख खनालले पैसाको लागि जे पनि गर्ने उद्योगी व्यवसायिलाई कानुनी कारबाहीको दायरमा ल्याउन सम्पुर्ण सरोकारवाल एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।

 

कार्यक्रमका अध्यक्ष एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख वरिष्ठ खाद्य अनुशन्धान अधिकृत अनुप भट्टराईले सुशासनलाई मजबुत राख्न पाल्पामा पहिलोपटक तीन वटै कार्यालयले संयुक्त कार्यक्रम आयोजना गरेको जानकारी दिर्दै पाल्पा स्थित कार्यालयले ३ देखि ४ महिनाको अन्तरालमा दुधजन्य पदार्थको नमुना पठाउने गरेको भन्दै अहिलेसम्म पाल्पाको दुधको गुणस्तर ठिक रहेको भन्दै नआत्तिन उपभोक्तालाई आग्रह गर्नुभयो । वरिष्ठ अनुशन्धान अधिकृत भट्टराईल पाल्पाबाट पठाईएको नमुनाको रिपोट आउन दुई देखि तीन दिन लाग्ने भएको हुनाले जिल्लाका सम्बन्धीत स्थानिय तहमै प्रयोगशाला ल्याब सञ्चालनमा ल्याउन सके प्रभावकारी हुने बताउनुभयो ।

 

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्राविधिक सहायक मनोज अधिकारीको सञ्चालन र भैरहवा कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुशन्धान अधिकृत अनुप भट्टराईको अध्यक्षतामा चलेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्