सुनिल कार्की ।
पूर्वी पाल्पा स्थित राामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ ।
रामपुर नगरपालिकाको पहलमा उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो । बजार क्षेत्रको सुरक्षा संगै सौन्दर्यकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विषेश गरी रातको समयमा बजार क्षेत्रमा सहज रुपमा आवत जावत गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जलस्रोत तथा सिंचाई मन्त्रलाय लुम्बिनी प्रदेश मार्फत ६ लाख रुपैयाँ बराबरको लागतमा १६ मिटर उचाईको २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो । यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ । जडान गरिएको हाईमास्क लाईट गर्मिको समयमा साँझ ७ बजे देखि विहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि विहान ६ बजे सम्म साथै आवश्यकता अनुसार स्वचालित सञ्चालन हुने छ ।