सचेतना र सन्देशले असुरक्षित गर्भपतन मै आयो कमी

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,असार ०८ ।
सुनिल कार्की  \

पछिल्लो समय सुरक्षित गर्भपतन सेवाका बारेका महिलामा बढ्दो पहुँच र सचेतनाले असुरक्षित गर्भपतन गर्नपर्ने कारणको अन्त्य हुँदै गएको छ । परिवार योजनाका साधनहरुको बारेमा बढ्दो सचेतना, फाइदा र प्रयोगमा आएको सचेतनाका कारण असुरक्षित गर्भपतनमा कमी हुँदै गएको हो । पाल्पा र बाह्य जिल्ला देखि विदेशीदाता र निकायका विभिन्न सामाजिक अभियान र संघसंस्था सँग जोडिएका अभियान्ता, राजनैतिकदल, स्थानिय जनप्रतिनिधि, सरकारी एवं गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधिले जिल्लामा सुरक्षित गर्भपतन सेवाको पहँुचमा सकारात्मक वृद्धि भएकोमा खुशीव्यक्त गरेका छन ।

 

कुनै रहरले नभई बाध्यताकै कारण अन्तिम अवस्थामा मात्र महिलाहरुले गर्भपतन सेवा लिने गरेका छन । नचाहेको गर्भ बस्ने, हाड नाता करणीे, बलात्कारको कारण गर्भ बस्ने, अपाङ्ग बच्चा जन्मिने लगायत विविध कारणबाट महिलाहरुमा रहेको गर्भहरुलाई नेपाल सरकारले गर्भ पतन गर्ने कानुनी मान्यता दिएपनि अधिकांश ग्रामीण क्षेत्रका महिलाहरुले यो सेवा लिन सकेका छैन । सरकारले नेपालमा १० हप्तादेखि २८ हप्ता सम्मको गर्भपतनका लागि कानुनी मान्यता दिएको छ । नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क र निजी मान्यता प्राप्त स्वास्थ्य संस्थामा गर्भपतनको लागि निश्चित रकम तोकी सेवा सञ्चालनगर्दै आएको छ ।

 

रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले अझै पनि दिदि बहिनी सुरक्षीत गर्भपतनको दायरा बाहिर रहेको आफुले महसुश गरेको बताउनुभयो । निजिक्लिनक र मेडिकलको सेवा छिटोछरितो र गोपनिय हुने भएको हुँदायतातर्फ बढी भएपनि सरकारी सेवामा कमी नै रहेको गाउँपालिका उपाध्यक्ष अधिकारीको भनाई छ ।

पाल्पा जिल्लामा अपाङ्गता भएकाहरु सुरक्षित मातृत्व, परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सेवा पाउन भने निकै कठिन अवस्था देखिएको छ । परिवार नियोजन एवं सुरक्षित गर्भपतन सेवा लिनपाइने जिल्लाका स्वास्थ्य संस्था, स्वास्थ्यचौकी र परिवार नियोजनले सञ्चालन गरेको गाउँघर क्लिनक देखि जिल्लाका दुई सरकारी अस्पतालले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पठाएको विवरण अनुसार अपाङ्गता भएकाहरु सुरक्षित गर्भपतन सेवा लिन तथ्याङ्ग शून्य प्रया जस्तै भएको कार्यालय प्रमुख टुक पोखरेलले बताउनुभयो ।

फरक क्षमता भएका भने सेवा लिन कठिनाई

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले पनि अपाङ्गहरुको क्षेत्रमा अझै पनि सुरक्षित गर्भपतन सेवा विस्तार गर्न नसक्दा उनिहरु निजि मेडिकल र क्लिनकमा जानबाध्य बनेका छन । जसको उदाहरणको रुपमा रिब्दीकोट गाउँपालिका २ खस्यौलीमा बस्ने दृष्टिी विहिन नाम परिवर्तन रामकला खनाल वर्ष २७की ले आफुहरुलाई सरकारी स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवालिन कठिनाई हुने कारण आफ्न्त र साथिभाईको सहयोगमा निजि मेडिकल क्लिनबाट औषधीप्रयोग गर्न बाध्य भएको बताउनुभयो । आफु जस्तै अन्य अपाङ्गता भएक साथिहरुलाई सरकारी स्वास्थ्य निकायबाटै सेवालिने इच्छा रहे पनि त्यो अनुकुल वातावारण सिर्जना नभएको उनिहरुको दुखेसो छ ।

                                                                       

अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितगर्न स्वास्थ्य सेवा प्रणालीमा समग्र सुधार आवश्यक छ। सबै भन्दा पहिले, सरकारी स्वास्थ्य संस्था अपांगता मैत्री बनाइनुपर्छ। अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार लचिलो सेवा प्रणाली—जस्तै लामो अपोइन्टमेन्ट समय, प्राथमिकता सेवा, वा टेलिहेल्थको सुविधा—विकास गर्नुपर्छ। साथै, सबैभन्दा महत्वपूर्ण कुरा – स्वास्थ्यकर्मीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूलाई संवेदनशीलताका साथ कसरी गर्भपतन सेवादिने भन्ने बारे तालिम दिनु जरुरी छ, जसले गर्दा उनीहरूले सेवालिन आएका व्यक्तिसँग सम्मानजनक र आत्मीय व्यवहार गर्न सकून्।

 

समग्रमा गर्भपतन सेवामा पहुँच बढाउन स्वास्थ्य संस्था र सेवाप्रदायक तयार पार्नु सँग–सँगै जनचेतना फैलाउनुकोु पनि विशेष महत्व देखिन्छ्।उदाहरणका लागि भिसिबल इम्प्याक्टको सातै प्रदेशमा लागु सुरक्षित गर्भपतन परियोजनाअन्तर्गत समुदायमा सचेतना फैलाउने, स्वास्थ्य सेवाप्रदायकहरूलाई तालिमदिने र मिडियासंगको सहकार्यमा विभिन्न सामग्री तयार पार्ने समग्र प्रयासले सचेतना र सेवाउपयोग बढाउनमा राम्रो परिणाम देखाएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्