पाल्पा \
रामपुर नगरपालिकाले मौरीपालक कृषकहरुकालागिअनुदानमामौरीको घार वितरण गरेको छ । नगरपालिकाले वार्षिक स्विकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशतअनुदानमामौरीको घार वितरण गरेको हो । मौरी पालनगर्दैआएका कृषकलाई मागको आधारमाअनुदानमा घार वितरण गरेको हो । नगरपालिकाले बुधवार ९५ वटा मौरीको घार वितरण गरेको हो । कृषकहरुलाई मौरीको घार वितरण गर्दै रामपुर नगरपालिकाकाकार्यबहाकनगर प्रमुखतथाउपप्रमुखबालकुमारी थापाले मौरी पालनलाई व्यवसायिक रुपमा प्रबद्र्धन गर्नका लागिमौरीको घार वितरण गरिएको बताउनुभयो । उहाँले वितरित घारमामौरी पालनगरि आम्दानीगर्न सके मात्रकार्यक्रमले सार्थकतापाउने बताउनुभयो ।
उपप्रमुखथापाले मौरी पालन सजिलो र थोरै लगानीबाट पनिमनग्यआम्दानीगर्न सकिने भन्दै यसलाई व्यवसायीक रुपमागर्न आग्रह समेत गर्नुभयो । मौरी पालनव्यवसायको व्यवसायिकविकास र कृषकहरुको लागिनगरपालिकाले विभिन्नकार्यक्रम सञ्चालनगर्ने बताउनुभयो । साथै अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको व्याजअनुदानकार्यक्रममा समावेश गरि व्याजअनुदानको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । नगरपालिकाभित्रव्यवसायीक रुपमामौरी पालनगर्ने कृषक न्यून रहेको भन्दै मौरी पालनलाई व्यवसायीक रुपमा अगाडी बढाई व्यवसायीक सफलतालिन कृषकहरुलाई आग्रहगर्नुभयो । यस्तै रामपुर नगरपालिकाकाकृषिशाखाप्रमुख नारायण प्रसाद गैरेले परम्परागत घारमामौरी पालनगर्दै आएकामौरीपालकहरुलाई धेरै उत्पादनगर्न सहजहोस भन्ने उद्देश्यले आधुनिकमौरीको घार वितरण गरिएको बताउनुभयो ।
कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतगरि नगरपालिकाभित्रका ३९ जनामौरीपालक कृषकलाई ९५ वटा आधुनिकमौरीको घार वितरण गरिएको शाखाप्रमुख गैरेले जानकारी दिनुभयो ।पुरानो कृषिकार्यालय भवनमाभएको मौरीको घार वितरण कार्यक्रममामौरीपालक कृषक रामपुर ६ पाल्पाका टिकाराम पाठकले घारको व्यवस्थापन र मौरी पालन सम्बन्धीजानकारी सहितअनुभव प्रस्तुतगर्नुभयो । परम्परागत घारमा पुरानै शैलीमामौरी पालनगर्दै आउनु भएका रामपुर ४ का शेर बहादुर रानाले आधुनिक घार पाए पछि मौरी पालनमाउत्साहथपिएको बताउनुभयो । यस्तै रामपुर १० च्याङ्लिङकालोक प्रसाद श्रेष्ठले उमेर ढल्किदै गए संगै अरु पेशा र व्यवसायभन्दामौरी पालनव्यवसायगर्न सजिलो हुने भएकाले आफ्नो परम्परागत घारलाई विस्थापितगरि व्यवस्थित र व्यवसायीक रुपमामौरी पालनव्यवसायगर्न मद्दत पुगेको बताउनुभयो । यस्तै आधुनिक घारमा मह निकाल्न सजिलो हुने र माउउत्पादनगरि संख्या वृद्धि गर्न सजिलो हुने भएकाले अनुदानमापाएको घारले उत्पादन वृद्धि गर्न र व्यवसायीक रुपमा अगाडी बढ्न सघाउ पुग्ने रामपुर ८ पाल्पाकामौरी पालक बुद्धिसागर अधिकारीले बताउनुभयो । रामपुर नगरपालिकाले सूचनाजारी गरी आवश्यक घारको निवेदनमाग गरेको थियो ।
कृषकको मागको आधारमानगरपालिकाले आधुनिकमौरीको घार वितरण गरेको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाकाकार्यबहाकनगर प्रमुखतथाउपप्रमुखबालकुमारी थापाको अध्यक्षतामाभएको मौरीको घार वितरण कार्यक्रम कृषिशाखाप्रमुख नारायण प्रसाद गैरेको स्वागत र जेटिए युवराज नेपालीको सञ्चालनमा सम्पन्नभएको हो ।