बुटवल उपमहानगरपालिका : धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ यात्रा   – फोटो फिचर

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,जेठ ०६  

सुनिल कार्की \

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ धार्मिक यात्रा सुरु गरेको  

महानगरपालिकाले हिजोबाट पाल्पाको ऐतिहासिक भगवती मन्दिरबाट धार्मिक यात्राको शुभारम्भ गरेको हो  चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न  लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न जनप्रतिनिधिकर्मचारीसहितको टोली पाल्पाको भगवती मन्दिरऋषिकेश मन्दिररिडी हुँदै मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेको  

 मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका जनप्रतिनिधिको टोलिलाई भगवतीमन्दिर व्यवस्थापन समितिले स्वागत गरेको   धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन  दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शनको यात्रा प्रारम्भ गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुचयो  प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउनेभारतका विभिन्न स्थलहरूबाटमुक्तिनाथ भ्रमणका लागि प्रचार–प्रसार गर्ने  जसको केन्द्रबिन्दु तथा विश्रामस्थल  बुटवललाई बनाउने उद्देश्य रहेको बताउनुभयो 

उपप्रमुख सावित्रादेवी अर्यालले तानसेन  बुटवलको विकासमा हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बुटवलको जितगढीमा मनाईने विजय उत्सवमा पाल्पालाई पनि सहभागी बनाउनु पर्ने  पाल्पामा मनाइने विजय उत्सवलाई पनि विशेष ध्यान दिन बुटवल उपमहानगरपालिकालाई आग्रह गर्नुभयो 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्