दोस्रो मेयर कपको उपाधी वडा नं. १ ले उचाल्यो

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।
तानसेन नगर स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधी तानसेन वडा न १ ले उचालेको छ । तानसेन वडा न १ र ९ बिच भएको फाइनल खेलमा वडा न १ ले वडा न ९ लाई पछि पार्दै उपाधी हात पार्न सफल भएको हो ।

तानसेन स्थित टुडिखेल मैदानमा सञ्चालन भएको तानसेन नगर स्तरीय दोस्रो मेयर कप प्रतियोगितामा वडा न १ ले ३ गोल गर्न सफल भएको थियो भने तानसेन वडा न ९ ले २ गोल हान्न सफल भयो । प्रतियोगितामा प्रथम हुने तानसेन वडा न १ ले १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । भने द्वितीय हुने तानसेन वडा न ९ ले ७५ हजार ५ सय ५५ रूपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

 

प्रतियोगितमको समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले खेलकुदले आत्म अनुशासन कायम राख्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । यस्ता खाले प्रतियोगिताले खेल जिवनलाई रोजगारीसँग जोड्न सकिन्छ भन्ने आधार तय भएको बताउनुभयो ।

नगरका भित्रका १४ वटै वडाका युवालाई खेलसँग जोडी सामाजिक विकृति, विसंगतिबाट जोगाउन मेयर कप प्रतियोगिताले महत्वपुणै भुमिका खेल्दै आएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्