तानसेनको प्रमुख पर्यटकीय गन्तब्य बन्दै गुफाचौर

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा ।
जिल्ला तानसेन नगरपालिका वडा १० तेल्घामा रहेको गुफाचौर यस क्षेत्रकै नमूना पर्यटकीय गन्तब्य बन्दै गएको छ । गणेश भगवानको धार्मिक धामलाई धार्मिक अध्ययन केन्द्रको रुपमा विकास गरी यस क्षेत्रकै नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय बनाउन तानसेन नगरपालिका जुटेको हो ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण, शान्त, मनोरम वातावरण भएको, हिमश्रृङ्खला तराई भू भागको दृश्यावोलन गर्न सकिने, वरीपरी जंगलले भरिएको धार्मिक अध्यन केन्द्रको रुपमा विकास गर्न तानसेन नगरपालिकाले गौरवको योजना बनाएर काम समेत शुरु भएको छ ।
तानसेन देखी १४ किलोमिटर पश्चिममा पर्ने गणेश धाम गुफाचौर डाँडामा पुग्न सकिन्छ । तानसेनलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको आयआर्जनमा बृद्धि गर्ने, धार्मिक पर्यटकीय चक्रपथ निर्माण गर्ने, धार्मिक अध्यन केन्द्रको रुपमा विकास गर्न सिंगो नगर लागि परेको नगर प्रमुख सन्तोस लाल श्रेष्ठले बताउनुभयो ।

                           

कोलाहल मुक्त, शान्त, सफा वातावरण युक्त स्थान रहेको गुफाचौरलाई धार्मिक तिर्थस्थल संगै, गणेश भगवानको रुपबाट अध्यन केन्द्रको विकास गरी विश्वभरका हिन्दुहरुको जमघट गराउने गरी योजना बनाएर काम गर्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले बताए । गुफाचौर गुराँसडाँडा विश्वकै ठूलो गणेश मुर्ति सहितको मन्दिर निर्माण गर्ने योजनाका साथ काम शुरु भएको छ ।

                   

मन्दिरको लागि साढे अठार फिट उचाई, आठ फिट चौडाई भएको भगवान गणेशको मुर्ति निर्माण गरी तानसेन १० को वडा कार्यालय नजिकै राखिएको छ । मुर्तिलाई निर्माणधिन डुम्रे गुफाचौर सडकको कालोपत्रको काम सकिए पछि प्रतिस्थापन गर्ने तयारी छ । यसका साथै गुफाचौरमा तानसेन नगरपालिकाले पिकनिक सेड, नयाँ वर्षमा सांस्कृतिक मेला, व्यवस्थित मोटरबाटो निर्माणको काम गरेको छ ।

 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्