जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड : २८ स्वर्णसहित तानसेन बन्यो प्रथम – फोटो फिचर

Facebook
X
WhatsApp
LinkedIn

जिल्लाको तानसेन स्थित टुँडिखेलमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २८ स्वर्ण सहित तानसेन नगरपालिकाले प्रथम बनेको छ ।

तानसेनले २८ स्वर्ण, १३ रजत १७ काँस्य गरी ५८ पदकसहित दश पालिका मध्ये पहिलो बनेको हो ।जिल्ला खेलकुद विकास समिति पाल्पाले आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, १४ रजत र १३ काँस्य गरी ३६ पदकसहित रामपुर नगरपालिका दोस्रो भएको जिल्ला खेलकुद विकास समितिका पाल्पा प्रतिनिधि राजु बयम्बुले जानकारी दिनुभयो ।

५ स्वर्ण, ३ रजत र ५ काँस्य गरी २५ पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ । ४ स्वर्ण, ९ रजत र ११ काँस्य गरी २४ पदकसहित बगनासकाली गाउँपालिका चौथो भएको छ । प्रतियोगिता अन्तर्गत माथागढी गाउँपालिकाले ४ स्वर्ण, ४ रजत र ७ काँस्यसहित १५ पदक जितेको छ । रम्भा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेको छ ।

रिब्दीकोट गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दा निस्दी गाउँपालिकाले २ रजत एक कास्य पदक हात पारेको छ । यस्तै रैनादेबी छहरा गाउँपालिकाले ३ रजत र ५ कास्य पदक जित्दा निस्दी गाउँपालिकाले २ रजत र १ काँस्य प्राप्त गरेको छ । पूर्वखोला गाउँपालिका भने एक कास्य पदकमै सिमित बनेको हो ।

प्रतियोगितामा विजयी खेलाडीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जन, जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष दीपक घिमिरे लगायतले शिल्ड, पदक, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

५४ स्वर्ण पदकका लागि भलिबल, कवड्डी, दौड, रिलेदौड, हाइजम्प, लङ्जम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिङ्थ्रो, कराते, तेक्वान्दो लगायतका खेलमा ३ सय ६० विद्यार्थीले भाग लिएका थिए ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्