पाल्पा ।
ग्रामिण भेगका किसानहरूलाई आत्मनिर्भर बनाउन जिल्लाको तानसेन ११ बन्दिपोखरा किसानहरूलाई मौरी र लोकल कुखुराका चल्ला वितरा गरिएको छ ।
किसानहरूलाई आत्मनिर्भरसँगै स्वरोजगार गराउन गोला सहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
तानसेन नगरपालिका नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले अनुदानमा पाएका चीजलाई संरक्षण गर्न किसानले जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो । तानसेन नगरपालिका ११ वडा अध्यक्ष एव प्रवक्ता यादवसिंह कार्कीले २२ घार र ५ हजार चल्ला वितरण गरिएको जानकारी दिनुभयो ।
तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको हो ।
तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न कार्यक्रम फलदायी बन्ने बताउनुभयो । रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्धि र सामाजिक सशक्तीकरण गर्न किसानमुखी कार्य गरिएको बताउनुभयो ।