तानसेनमा छैठौं मखन सडक खाना महोत्सव हुने

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,माघ १९

सुनिल कार्की

स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  विगतका वर्षमा जस्तै यस वर्ष पनि पाल्मा सडक खाना महोत्सव२०८१ हुने भएको

 

जिल्लाको तानसेन नगरपालिका मखनटोल विकास संस्थाको आयोजनामा छैठौंमखन सडक खाना महोत्सव हुने भएको हो तानसेन जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं  भन्ने नारासहित एक दिने फुड फेष्टिवल आयोजना  गर्न लागिएको मखन टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताउनुभयो महोत्वसमा स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद पर्यटकलाई चखाउनुको साथै तानसेनमा पर्यटकहरुलाई भित्र्याउने, महिलाहरुमा रहेको अन्तरनिहित नेतृत्व क्षमतालाई उजागर गर्ने, अन्य टोलविकास संस्थाहरुसँगको सम्बन्धलाई सुमधुर बनाउने, महिला उद्यमीहरुबाट उत्पादित कुटीर तथा घरेलु उद्योगबाट बनेका समाग्रीहरुको प्रदर्शनीमा राखिने प्रणय दिवसलाई थप रौनकतापूर्णक मनाउनका लागि पनि महोत्सवमा विभिन्न जातजातिका भेषभूषाहरुको पहिचान झल्किने गायन नृत्यहरु, स्थानीय लाखे नाँच, स्थानीय धिमे बाजा, भजन कला केन्द्रहरुको प्रस्तुती रहनुको साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने

                                   

 

महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिइएको महोत्सवमा विभिन्न क्षेत्रका ६० वटा स्टल रहने छन् कार्यक्रममा सहभागी हुन कुनै पनि प्रबेश शल्क लाग्ने छैन  

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्