पाल्पा ।
जिल्लाको तानसेन ४ मंखनटोलको तेस्रो सडकमा हरेक शुक्रबार लाग्ने साप्ताहिक बजारको शुभारम्भ भएको छ । साप्ताहिक बजारको शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र युनोस्पका कन्ट्रि म्यानेजर कमल कार्कीले संयुक्त रूपमाले गर्नुभएको हो ।
साप्ताहिक बजारको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सडक महोत्सवले तानसेनको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो भूमिका खेल्ने बताउनुभयो । महोत्सवले केवल स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन मात्र नगरि तानसेनको संस्कृतिलाई पनि संरक्षण गर्ने महत्वपूर्ण कार्य गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले साप्ताहिक बजारले तानसेनलाई व्यापारिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा र्पुयाउने बताउनुभयो । स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा यो एउटा महत्वपूर्ण कोशेढुंगा हुने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,नगरपालिकाका प्रवक्ता यादब सिंह कार्की,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनी,वडा न १४ का वडा अध्यक्ष शोभाकर भट्टराई लगाएतको उपस्थिति रहेको थियो । ऐतिहासिक शहर तानसेनको मंखनटोलमा शुक्रबारदेखि साप्ताहिक बजारको शुभारम्भ भएसँगै स्थानीय अर्थतन्त्र र व्यापारमा नयाँ उत्साहा थपेको छ ।
तानसेन सांस्कृतिक सम्पदा र मनोरम प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । यो महोत्सवले स्थानीय उत्पादन र परम्परालाई उजागर गर्दै थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले बताउनुभयो ।
महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन, समाजमा आपसी सहकार्य र मेलमिलापको भावना पनि प्रवद्र्धन गर्नेछ। हरेक शुक्रबारे जमघट हुने अपेक्षा गरिएको छ ।