पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको प्रमाण्तिा भएको छ । त्यो भेगका स्थानीय बासिन्दाले सुन्तला रोप्न खल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने वनस्पति भेटिएका थिए ।
सो वनस्पति परीक्षण गर्दा यार्सागुम्बा नै रहेको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुरले गरेको परीक्षणबाट रिमिघामा भेटिएको वनस्पति यार्सागुम्बा नै भएको प्रमाणित गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
यार्सागुम्बा पाइएको क्षेत्रमा मानिसको आवतजावत बन्द गरिएको छ ।
यार्सागुम्बा पाइएको क्षेत्रमा सुरक्षाकर्मी खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो ।