काठमाडौं \
सुगम पोखरेल र अन्जु पन्तको स्वरमा नयाँ गीत ‘वाचा गरौ’ बजारमा आएको छ । डा. रमिल अधिकारीको गीतलाई ज्ञानेन्द्र गिरीले संगीत भरेका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । गीतको एरेन्ज सञ्जीव बरैलीले गरेका छन् भने रेकर्डिस्ट/मिक्सिङ/मास्टरिङ रञ्जन राईले गरेका छन् । डा. रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना’लगायतका गीत बजारमा आइसकेका छन् ।
म्यूजिक भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस : https://www.youtube.com/watch?v=SFS9F3YxhAw&t=1s