पाल्पा,वैशाख ०१ ।
सुनिल कार्की ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ्ग आर्यभञ्याङ्ग सडक खण्ड खण्डको बगनासकाली गाउँपालिका–१, राईडाँडामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहनुभएको छ । सोमबार दिउँसो पौने ३ बजेको समयमा घोरबन्दा देखि बर्तुङ तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल उकालोमा अचानक ब्याक भएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दर्लामीसंगै र मोटरसाईकलको पछाडि बसेका छोरा १८ वर्षीय मन्दिप दर्लामी घाईते हुनु भएको थियो । दुबैलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाईते हुनु भएका पदम बहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उहाँको छोरा मन्दिप दर्लामीको अबस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
पाल्पाको राईडाँडामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

Facebook
X
WhatsApp
LinkedIn
सुनिल कार्की
कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।
ताजा अपडेट




