पाल्पा,चैत्र ३० ।
सुनिल कार्की ।
नेपाल निजामती कर्मचारी युनियन पाल्पाले नयाँ बर्ष २०८२ को भित्ते पात्रो प्रकाशन एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले व्यानर पढेर गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नव बर्षको पुर्व सन्ध्यामा भित्तेपत्र प्रकाशन एवम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि नेपाल निजामती कर्मचारी युनियन पाल्पाले संगठनको संक्रियता पुष्टी गरेको भन्दै प्रंसशा गर्नुभयो । प्रजातन्त्रिक बिचार धारा बोकेका कर्मचारीहरूको छाता सँगठनको रूपमा रहेको युनियनले पाल्पामा सस्थागत रूपमा प्रत्येक बर्ष भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिएको बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन पाल्पाले नेपाली काङ्ग्रेस पाल्पाले शुरूवात गरेको सुवर्ण शमशेर अक्षयकोषमा १ लाख १ हजार १ सय ११ रूपैयाँ अक्षयकोषमा राखेर आफ्नो संगठनको सामाजिक उत्तरदायित्व र कर्तव्य समेत निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
सरकारले निजामती कर्मचारीहरूका माग सम्बोधन गर्न नसक्दा वृद्धि विकास रोकिएको भन्दै तत्काल माग सम्बोधन गर्र्न नेपाल सरकार समक्ष आफुले पनि छलफल र विमर्श गरिहेको र सरकारको तर्फबाट सकारात्मक सन्देश आउने भन्दै सबै कर्मचारी संगठन एक भई सम्पुर्ण कर्मचारीको एक मत हुनुपर्नेमा जोड दिनुभयो । कर्मचारी संयन्त्र प्रति समुदाय र राष्ट्रकै सम्मान रहेको भन्दै बढ्दो वैदेशीक पलायनको विकल्प निजामति सेवा रहेकोले मुलुकको सेवासँगै आफ्नो समुदाय र परिवारसँग बसेर देशको सेवा गर्ने अवसर रहेको भन्दै यसमा उत्प्रेरित गर्न पाल्पाका १० वटै पालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्नु र यसलाई प्रभावकारी बनाउन आग्रह गर्नुुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले नेपाल निजामती कर्मचारी युनियन पाल्पाले भत्तेपात्रो प्रकाश गर्नु निकै सराहनीय कार्य गरेको बताउनुभयो । यसले कर्मचारीहरूको पहिचानसँगै सकारात्मक सन्देश दिएको बताउनुभयो ।कार्यक्रम नेपाली काङ्ग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले सुशासन र विकासमा कर्मचारी संयन्त्रको भुमिका महत्वपुर्ण हुने भएकाले मुलुक कस्तो बनाउने जिम्मा कर्मचारीसँग रहेको भन्दै जनप्रतिनिधि, राजनैनिक दल, नागरिक समाज, आमसञ्चार र अन्य सरोकारवालसँग समन्वय र सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, तानसेन नगरपालिकाका प्रेस संयोजक मुक्ति न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन पाल्पाका पुर्व अध्यक्ष बिनोद घिमिरे, भरत घिमिरे, नेपाल स्वास्थ्यकर्मी संघ पाल्पाका अध्यक्ष मनिराम अधिकारी,जीवन राना लगाएतको कर्मचारी तन्त्र स्थायि सरकार भएको भन्दै सहकार्य, सह अस्तीत्व र आत्म सम्मनको भावना विकास गर्न नव वर्ष २०८२ ले प्रदान गरोस भनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाका कार्यवाहक अध्यक्ष लिलामणी बस्यालले निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति आर्थिक र संगठनिक पक्षबाट बलियो रहेको भन्दै आगमी दिनमा युनियनको तर्फबाट थप रचनात्मक शैलीबाट अघि बढ्ने बताउनुभयो । भित्ते पत्रो प्रकाशन आफैमा चुनौतिपूर्ण रहेपनि कर्मचारी यूनियन पाल्पाले ठुलो हिम्मत र उत्साहाका साथ जोखिम नै मोलेर भए पनि भित्ते पात्रो प्रकाशनलाई निरन्तरता दिएको बताउनुभयो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन पाल्पाका कार्यवाहक अध्यक्ष लिलामणी बस्यालको अध्यक्षता र सचिव ओम प्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा सामुहिक रूपमा भित्तेपात्रो विमोचन एवम शुभकामना आदानप्रदान गरिएको थियो ।