पाल्पा,सुनिल कार्की ।
तानसेन नगरपालिकाद्धारा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत वैदेशिक रोजगारी सम्बन्धी कानुन र कानुनी सेवाहरू बारे स्थानीय तहको न्यायिक समिति मेलमिलापकर्ता सदस्यहरूसँग अन्तरक्रिया बैठक कार्यक्रम सम्पन्न गरेको छ ।
तानसेन नगरपालिकाको उप प्रमुख तथा न्यायीक समितिको अध्यक्ष प्रतिक्षा सिंजालीको अध्यक्षता नगरप्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतित्यथतामा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय पिताम्बर पाण्डे न्यायीक समितिका सदस्य सविता भट्टराई गिता भट्टराई सामाजिक बिकास अधिकृत भरत प्रसाद आचार्य जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दिप बेल्बासे , सहायक महिला विकास निरिक्षक चिना न्यौपाने सुरक्षित आप्रवासन कार्यक्रम सामीका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस कार्यक्रममा प्रत्येक वडाका २ जना मेलमिलापकर्ताको उपस्थिति रहेको थियो । स्थानीय तहका न्यायिक समिति,मेलमिलापकर्ता र सदस्यहरूसँग वैदेशिक रोजगारीका कानूनी र यस पक्षको बारेमा छलफल गर्ने, वैदेशिक श्रमिकहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्ने , बैदेशिक रोजगारी र यसका समस्या वस्ती स्तरमा वा वडा स्तरमा थाहा हुने र ति बैदेशिक रोजगारी सम्बन्धि कुरा त्यहीबाट समाधान गर्ने र समाधान गर्ने नसकेको अवस्थामा जान पर्ने स्थान र गर्नु पर्नेकुराहरु मेलमिलापकर्ताहरुलाइ बुभाउन सकेमा सुरक्षित बैदेशिक रोजगारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले यस अन्तरक्रिया राखिएको थियो । तानसेन नगरपालिका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले वैदेशिक रोजगारीको परिवेश र नीतिगत व्यवस्था तथा सामी कार्यक्रमले कसरी तानसेन तथा पाल्पामा कसरी के के क्रियाकलापहरु गर्दछ , आप्रवासी स्रोत केन्द्रबाट के के सेवा प्रदान हुन्छ भन्ने बारे प्रस्तुतिकरण गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले बैदेशिक रोजगारी र यसको कानुनी सेवाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
नेपालका लाखौं युवा वैदेशिक रोजगारीको लागि विदेश जान्छन् । तीमध्ये कतिपयलाई यो रोजगारी एक अवसरको रूपमा लाग्छ भने धेरैलाई यो बाध्यता बन्न पुगेको छ । नेपाली युवा विदेश जाने क्रममा उनीहरूलाई थाहा नपाएका कानूनी प्रक्रिया, ठगी र शोषणका कारण समस्याहरूको सामना गर्नुपर्दा सेवा कहाँ कसरी र के के प्रावधानहरु छन भन्ने बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले सिप र सहि सुचना लिएर बैदेशिक रोजगारीमा गएमा सुरक्षित काम तथा पारिश्रमिक पनि बढि हुने बताउनु भयो । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले विदेश सामान निर्यात गर्नु पर्नेमा नेपाली दाजुभाई दिदिबहिनि बिदेश गएर आम्दानी बढेको छ र यसरी बैदेशिक रोजगारीमा धेरै सख्यामा जादा समस्याहरु धेरै भएको र बैदेशिक रोजगारीमा जान भन्दा अगाडी नै सुचना दिन यस कार्यक्रम तानसेन नगरपालिकाले सन्चालन गरेको बताउनु भयो ।
उप प्रमुख तथा न्यायीक समितिको संयोजक प्रतिक्षा सिंजालीले नगरपालिकाले वैदेशिक रोजगारीको नकारात्मक पक्षलाई न्युनिकरण गर्न मेलमिलापकर्ताले सहयोग गर्ने बताउदै कार्यक्रमको समापन गर्नुभयो ।