कांग्रेस महामन्त्री थापा  भोलि पाल्पाको पूर्वखोला आउनुहुने 

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,फाल्गुन ०६ । 

सुनिल कार्की ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा  फागुन ७ गते भोलि पाल्पाको पूर्वखोला आउनुहुने भएको छ । 

 

नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्यसमितिको आयोजनामा हुन लागेको ‘प्रथम लोकतान्त्रिक महोत्सव’लाई सम्बोधन गर्न महामन्त्री थापा आउन लाग्नु भएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वखोला गाउँकार्य समितिले नेपालमै पहिलो पटक लोकतान्त्रिक महोत्सव भोली गर्दै छ । महोत्सवलाई भव्यतामा साथ सम्पन्न गर्नका लागि तयारीको कार्य अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा पूर्वखोला गाउँपालिकाका ६ वटै वडाको साँस्कृतिक झाँकी प्रदर्शनी, स्थानीय उत्पादनको प्रर्दशनी तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने पूर्वखोला गाउँ कार्यसमितिका सभापति विष्णु कुमारी आचार्यले आचार्यले बताउनुभयो । पूर्वखोला ३ रिङ्नेरह हाटबजार मैदानमा हुने महोत्सवको विहान ११ बजे महामन्त्री थापाले उट्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

 लोकतन्त्रको संस्थागत विकास ,पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन ‘ प्रथम लोकतान्त्रिक महोत्सव’ ले टेवा पुग्ने अपेक्षा गरिएको छ । 

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्