पाल्पा, गुल्मी र अर्घाखाँचीका प्राविधिकलाई भू उपयोग र भूमि व्यवस्थापन सम्बन्धी तालिम प्रदान, तालिम फाल्गुन ३ गतेसम्म चल्ने

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा, फाल्गुन ०१ ।
सुनिल कार्की \
तीन जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानिय तहमा कार्यरत भुमि सम्बन्धी काम गर्ने प्राविधिक कर्मचारीलाई भू उपयोग र भूमि व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र काभ्रेपलाञ्चोकको आर्थिक तथा प्राविधिक सहयोगमा भएको अभिमुखिकरण सम्बन्धी तालिममा जिल्ला स्थित स्थानिय तहमा कार्यरत प्राविधिक कर्मचारीलाई भूउपयोगको बारेमा जानकारी गराउनुको साथै जिआएस (GIS) सफ्टवेयरको बारेमा प्रशिक्षण दिइएको हो ।

गत माघ २७ गतेबाट सुरु भएको तालिम यही फाल्गुन ३ गते सम्म पाल्पाको तानसेन स्थित होटल पौवामा चलिरहेको छ । कार्यक्रमका प्रमुख अतिथि राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिका सभापति एवं पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले स्थानिय तहमा देखिएको जग्गाको वर्गीकरणको समस्या, मुल्याङ्गकन र वास्तविक भुमिहिनको पहिचानमा यो अभिमुखिकरणले सहयोग पुग्ने बताउनुभयो । साथै सभापति गैरेले हालै नवनियुक्त जिल्ला स्थित भुमि आयोगका अध्यक्ष, सदस्या र स्थानिय तहमा कार्यरत भुमिसम्बन्धी काम गर्ने प्राविधिक कर्मचारीलाई इमान्दार र निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो ।

 

उक्त तालिममा जिल्ला स्थित जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, पाल्पाका प्रमुख जिल्लाका अधिकारी तोयनारयाण सुवेदी, भूमि आयोग पाल्पाका अध्यक्ष राम बहादुर कार्की र स्थानिय तहका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित मालपोत, नापी र विशेष नापी कार्यालयका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

तालिमको भूमि व्यवस्थापन परीक्षण केन्द्रका निर्देशक रामकुमार सापकोटा, प्रशिक्षकद्धय श्रीकृष्ण अधिकारी र रिचा शर्माले सहजीकरण गर्नुभएको थियो ।
स्थानीय तहमा जग्गा वर्गीकरण, मुल्याङ्गकन र सार्वजानिक जग्गा व्यवस्थापन सम्बन्धमा स्थानिय तहका प्रमुख एवं प्रतिनिधिले राखेको जिज्ञासको उत्तर भूमि व्यवस्थापन परीक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी र निर्देशक रामकुमार सापकोटाले दिनुभएको थियो ।

 

कार्यक्रममा तीनै जिल्ला स्थित २८ वटा स्थानिय तहमा कार्यरत २६ जना प्राविधिक कर्मचारी, जिल्ला स्थित नापि, मालपोत र विशेष नापि कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम भूमि व्यवस्थापन परीक्षण केन्द्र काभ्रेपलाञ्चोकका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षतामा भएको गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा कार्यरत अमिन लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्