पाल्पा,माघ २६ ।
पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पार्टीका १२ जना नेता कार्यक्रर्ता प्रवेश गरेका छन । पार्टीको जिल्ला स्तरीय नियमित बैठकका अवसरमा १२ भन्दा बढी नेता कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ र ९ बाट अन्य बिभिन्न पाटीको जिम्मेवारीमा रहनुभएका ब्यक्तिहरु रास्वपामा प्रवेश गर्नुभएको जिल्ला सभापति विष्णु भण्डारीले जानकारी दिनुभयो । पार्टी सभापति भण्डारीले रास्वपा प्रवेश गर्नुभएका ब्यक्तिहरुलाई स्वागत गर्दै मुलुकको समग्र विकास र निकासका लागि अव रास्वपा नै आवश्यक रहेको बताउनुभयो ।रास्वपा प्रवेश गर्नेहरुमा तानसेन नगरपालिका वडा नं. ८ बाट नेकपा एमाले पार्टी सदस्य समेत रहनुभएका उमानाथ घिमिरे लगायतको टोली प्रवेश गरेको हो । पार्टी प्रवेश गर्दै घिमिरेले देशको निकासका लागि अव रास्वपाको विकल्प नभएको भन्दै रास्वपा प्रवेश गरेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला उपसभापति सुमन गैरे र जिल्ला सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो ।