रामपुर नगरपालिकाका उपप्रमुख थापा सम्मानीत

Facebook
X
WhatsApp
LinkedIn

दानु हिस्की मगर \

पाल्पा ,रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा सम्मानीत हुनु भएको छ । उपप्रमुख थापालाई मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुर १० पाल्पाले सम्मान गरेको छ ।

  रामपुर नगरपालिका वडा नं. १० काभ्रेघारीमा रहेको मुना मेमोरियल ट्रष्टको भवन निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट बजेट विनियोजन गरि काम सम्पन्न गरेकोमा धन्यवाद सहित सम्मान गरेको हो । ट्रष्टको भवन निर्माण सम्पन्न भए पनि यसको थप व्यवस्थापन नगरपालिकाले गरेको भन्दै सम्मान गरेको हो । नगरपालिकाले ट्रष्टको व्यवस्थापन तथा जिप्सन राख्नका लागि आर्थिक वर्ष २०८०/०८१ मा १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गर्मी र घाम लागेको समयमा विभिन्न कार्यक्रम र आमा समूहको बैठक भेला बस्न असहज भएको भन्दै योजना माग गरेपछि नगरपालिकाले बजेट विनयोजन गरेको थियो । सो बजेट मार्फत भवनमा जिप्सन राखिएको छ ।

भवनमा जिप्सन राखे पछि जुन सुकै समयमा यस क्षेत्रमा हुने हरेक कार्यक्रम गर्न सजिलो भएको सिर्जना महिला समूहका अध्यक्ष सावित्रा अधिकारीले बताउनुभयो ।“ विषेश गरि गर्मीको समयमा ट्रष्ट भवन तातिएर बस्न नसकिने हुन्थ्यो अहिले त त्यो समस्या छैन– अधिकारीले भन्नुभयो । भवनमा सो क्षेत्रका विभिन्न कार्यक्रम र सिर्जना आमा समूहको बैठक तथा भेला बस्दै आएको अधिकारीको भनाई छ । आफुलाई सम्मान गरेकोमा धन्यवाद दिंदै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले आफुले नगरबासीको अभिभावकीय अभिभारा पुरा गरेको बताउनुभयो । नगरबासीको समस्या र आवश्यकतालाई परिपूर्ति गर्नका लागि पालिकाको स्रोत र साधनको उच्चतम प्रयोग गरेर लागेको बताउनुभयो । जनताको आवश्यकतालाई प्राथमिकताका आधारमा विभिन्न योजना मार्फत कार्यक्रम गरिरहेको बताउनु भएको छ ।

उपप्रमुख थापालाई सम्मान पत्र र दोसल्ला सहित आमा समूहका अध्यक्ष सावित्रा अधिकारी र मुना मेमोरियल ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीले संयुक्त रुपमा सम्मान गरेको थियो ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्