विनयी खोलाको पुल भाँसिदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अबरुद्ध, वैकिल्पक सडक प्रयोग गर्न आग्रह

Facebook
X
WhatsApp
LinkedIn

पाल्पा,पुष २६ ।
सुनिल कार्की ।
पूर्व पश्चिम राजमार्गको पुर्वी नवलपरासीम खण्डमा पर्ने विनयी खोलाको पुल भाँसिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका स्थित दुम्किबास क्षेत्रमा पर्ने विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा ठप्प भएको हो ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज साँझ करिब ५ बजेको समयमा पुलमा दुई वटा गाडी गुडीरहेको अवस्थमा भाँसिएको जानकारी दिनुभयो ।
तत्काल पुल मर्मत गरि संचालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो । डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न केही समय लाग्ने भएकोले वैकिल्पक सडक भएर यात्रा गर्न यात्रु र सवारीलाई अनुरोध गरिएको छ ।

सुनिल कार्की

सञ्चालक at राष्ट्र सञ्चार

कार्की राष्ट्र सञ्चार मिडियाका सञ्चालक हुन् । माेफसलमा रहेर समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले पाल्पा लगायत लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् । रेडियो, टेलिभिजन तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव छ । कार्कीले नेपाल टेलिभिजन, जनता टेलिभिजन, श्रीनगर एफएम, राज्य टेलिभिजन, श्रीनगर टेलिभिजन, फेयर नेपाल डटकम लगायत विभिन्न मिडियामा काम गरिसकेका छन् । कार्की नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाल्पाका कार्यसमिति सदस्य हुन् ।

याे पनि पढ्नुस्