पाल्पा,पुष २२ ।
सुनिल कार्की ।
पाल्पाको बगनासकालि गाउँपालिका स्थित चिलाङ्गदी मैदानमा चलेको पाल्पा महोत्सव २०८१ करिब दुई करोडको कारोबार गदै सकिएको छ ।
यही पुष ९ गते देखि २१ गतेसम्म चलेको महोत्सवमा दुई करोड बाराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो ।
पाल्पाको कृषि पर्यटन, कलासंस्कृतिको जर्गेना र थलिएको व्यापार व्यवसायको प्रोत्साहनको लागि कुटुम्ब मिडिया नेटर्वकको आयोजनामा महोत्सवमा भएको थियो । महोत्सवमा स्थानिय काष्ठकला र बाँसजन्य सामाग्री, कृषि प्रर्दशनी, बाल उद्यान, दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, लगायतको विक्रि वितरण उत्साहजन भएको मेला मुल आयोजक समितिका सदस्य विष्णु घिमिरेले बताउनुभयो । महोत्सवमा लोप हुँदै गएका गाउँघरका कलासंस्कृति र नाचहरु मारुनी, फागु गित, कुमाल जातिको गित, महिला समुहको पञ्चेबाजा, रत्येउली लगायतको सांस्कृतिक प्रस्तुतिहरु देखाईएको थियो ।
१२ दिनसम्म चलेको महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकाहरुले संगिता प्रस्तुति राखेका थिए । पछिल्लो समय बढ्दो आर्थिक मन्दिले थला परेको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सवले टेवा पुगेको व्यपारीहरुले बताएका छन ।